नेकपा (माओवादी केन्द्र)निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको चैत १६ र १७ गते काठमाडौँमा हुने महाधिवेशनबाट अध्यक्ष बन्न करिब एक दर्जन नेताहरु अघि सरेका छन् ।प्रेस सेन्टर नेपालको भावी अध्यक्षका लागि हालसम्म नौ जनाले आकाक्षा देखाएका छन्।अध्यक्षका लागि वर्तमान अध्यक्ष विष्णु सापकोटा(जुगल)ले फेरि दोहोरिने चाहना देखाएका छन् भने वरिष्ठ उपाध्यक्ष कमल गिरी,उपाध्यक्ष निर्मल ज्ञवाली,दीपेन्द्र रावल,लक्ष्मण खड्का र सुरेश यादव पनि अध्यक्ष बन्ने आकांक्षी देखिएका छन् ।त्यसैगरी महासचिव सन्तोष पौडेल तथा नेताहरु मनोज घर्ती मगर र बबिन शर्माले पनि भावि अध्यक्षका लागि आकांक्षा देखाएका हुन ।
जसमध्ये विष्णु,सन्तोष र निर्मल संस्थापन पक्ष निकट,गिरी नारायणकाजी श्रेष्ठ निकट,रावल जनार्दन शर्माका साथै शर्मा र घर्ती मगर वर्षमान पुन निकट मानिन्छन्।भावि अध्यक्षका लागि आकांक्षहरु विच सहमति जुटाउन प्रयास भएपनि हालसम्म कुनै निचोड ननिस्केको एक नेताले बताए ।उनका अनुसार अन्तिम समयसम्म सहमति हुन नसके चुनाव नै गर्नुपर्ने अवस्था आउन सक्ने छ ।सहमतिबाट नै नेतृत्व छनोटको प्रयासस्वरुप माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्ड निवास खुमलटारमा पार्टी अध्यक्ष प्रचण्ड र सेन्टरका पदाधिकारीबिच छलफल भएको भएपनि नेतृत्वबारे सहमति नभएको पाइएको छ ।
भावि अध्यक्षका दावेदारहरुले आ आफ्नो धारण राखेर सहमतिको प्रयास भएपनि सहमती हुनु सकेको छैन्।सकेसम्म सहमतीमा रसहती नभएर निर्वाचन प्रक्रियाबाट अगाडि बढेमा पार्टीले हस्तक्षेप नगर्ने पार्टी अध्यक्ष प्रचण्डले बताएका प्रेस सेन्टर नेपालका एकनेताले बताए ।
एक सय १९ सदस्यीय केन्द्रीय समितिमा ९९ जना प्रतिनिधिबाट चुनिने व्यवस्था प्रेस सेन्टर नेपालको विधानमा छ ।२० प्रतिशत अध्यक्षको प्रस्तावमा केन्द्रीय समितिले मनोनयन गर्नेछ।२९ सदस्यीय पदाधिकारीमा अध्यक्ष एक,वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष (खुला तीन जसमा महिला एक,समावेशी एक),महासचिव एक,उपमहासचिव(खुला एक,महिला एक,दलित एक,मधेसी एक,आदिवासी÷जनजाति एक),सचिव(खुला दुई,महिला एक,समावेशी एक,प्रत्येक प्रदेशबाट एक÷एक जना) र कोषाध्यक्ष एक रहने विधानमा उल्लेख छ ।
यता,प्रेस सेन्टर नेपालको निर्वाचनमा संस्थापकहरू ओम शर्मा,महेश्वर दाहाल,खिलबहादुर भण्डारी र गोविन्द आचार्य लगायतको निर्णय पनि महत्वपुर्ण हुने छ ।उनहिरु अहिलेसम्म कतै खुलेका छैनन् ।