फूलजोर बाबा साझेदारीकोे अध्यक्षमा कांग्रेस संस्थापनका पन्जियार निर्वाचित

116 Shares

फूलजोर बाबा साझेदारी वन उपभोक्ता समुहको अध्यक्षमा विनोद पञ्जियार निर्वाचित भएका छन्।शुक्रबार साधारण सभाको औपचारीक उद्धघाटन गरि शनिबार भएको निर्वाचन प्रक्रियामा नेपाली कांग्रेसका पञ्जियार र कांग्रेसकै प्रदीपराज मैनाली सहित विमलेश राय,राम किसुन यादव र कमल मैनालीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए ।
नेपाली कांग्रेसको संस्थापन तर्फबाट उम्मेदवार बनेका पञ्जियार एक सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा कांग्रेसकै संस्थापन इतर पक्षका मैनालीले २५,रायले ६३, यादवले ५४ र मैनालीले २ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।अध्यक्षसहित अन्य सदस्यहरुमा पनि कांग्रेसको संस्थापन पक्ष,नेकपा(एमाले)को एक समूह र लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार विजयी भएका छन् ।नेकपा(एमाले)पनि दुई समूहमा विभाजित भएको थियो ।सुरेन्द्र महतो वनको उपाध्यक्षमा सर्वसम्मत चयन भइसकेका थिए भने मधेशी सदस्यमा गौरीशंकर यादव पनि निर्विरोध निर्वाचित भएका थिए ।
बाँकी सदस्यहरु मतदानमार्फत नै टुंग्याइएको छ।दलित सदस्यमा रामप्रसाद महरा,आदिवासी जनजाति सदस्यमा चुल्हाई सिंह दनुवार,सिकिबती देवी,रीतादेवी घिसिङ र चन्द्रकलादेवी महरा गरी तीन जना महिला सदस्य,खेमराज राय,रामकैलाश राय,जगदिस महतो कोइरी,विजय महतो,मंगलबहादुर भुजेल,वरुण कुमार दाहाल र लालबाबु साह खुल्ला सदस्यहरुमा निर्वाचित भएका छन् भने वडा सदस्यबाट विष्णुबहादुर कार्की विजयी भएका छन्।जिल्लाको पाँच पालिकाका ४७ वटा वडाबाट छानिएर आएका तीन सय २९ जना प्रतिनिधिमध्ये तीन सय २२ जनाले वनको नेतृत्व चयन गर्न मतदान गरेका थिए ।जिल्लामा रहेका तीन वटै साझेदारी वन उपभोक्ता समुहको निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन भएका छन् ।

सम्बन्धित समाचार