उम्मेदार टुङ्गो नलागे पनि घरदैलो जारी,केन्द्रको निर्णय पर्खिदै गठबन्धन

2.6k Shares

पाँच दलीय गठबन्धनले संयुक्त वक्तव्य जारी गर्दै आगामी चुनावमा तालमेल गर्ने घोषणा गरेका छन् । देशैभर ठाउँ र अवस्था अनुसार तालमेल मिलाएर चुनावमा सहकार्य गर्न भन्दै केन्द्रले वक्तव्य जारी गरेपछि जिल्ला जिल्लामा पनि गठबन्धन दलहरुले वक्तव्य जारी गरेका छन् । तर सर्लाहीका विभिन्न स्थानिय निकयमा गठबन्ध गर्ने वा नगर्ने भन्ने विषयमा अन्यौलता कायमै रहेको छ ।
५ दलको गठबन्धन बने संगै सर्लाहीको मलंगवा नगरपालिकाको नगरु प्रमुख पदका लागि टिकट कसले पाउने भन्ने विषयमा समस्या सृजना भएको छ । नेपाली कांग्रेसका एकजना नेताका अनुसार मलंगवा नगरपालिकाबाट कांग्रेस विजय भएकोले कांग्रेसकै कोटामा मलंगवा नगरपालिका पर्ने बताउनु भयो । जसपा र नेकपा(एकिकृत समाजवादी) पनि मलंगवाको कोटा आफुहरुले पाउनु पर्ने अडानमा रहेको छ ।
२०७४ सालमा मलंगवा नगरपालिकामा नगर प्रमुख नेपाली कांग्रेसका निरसल साहले नगर प्रमुख जितेका थिए ।  नगर प्रमुख साह पनि पुन टिकट आफुलेनै पाउनेमा विश्वस्त रहेका छन् ।
यता जनता समाजवादी पार्टीबाट चुनाव लडेका नागेश्वर यादव र जसपाका अर्का नेता काशी राय यादव पनि अब जसपाबाट टिकट आफुले पाउने बताइरहेका छन् । गठबन्धनबाट टिकट पाउने नेताको विजयी सुनिश्चित रहेको जिल्लाका जानकारहरुले बताएन थालेका छन् ।
जिल्लाको मलंगवा नगरपालिकामा नेपाली कांग्रेसले टिकट पाउनु पर्ने कांग्रेस नेताहरुको भनाई छ । भने जसपा वा नेकपा(एकिकृत समाजवादी) लाई उपप्रमुखको टिकट दिने समझदारी भएको एक कांग्रेस नेताले बताउनु भयो ।
केन्द्रमा जस्तै सर्लाहीमा पनि चुनावी तालमेलबारे छलफल गर्न चार दलको बैठक बसेको थियो । नेताहरुका अनुसार गठबन्धनमा आवद्ध दलहरुबीच प्रमुख र उपप्रमुखमा चुनावी तालेमल हुन नसके स्वस्थ प्रतिस्पर्धा गर्ने विकल्पमा पनि सकारात्मक छलफल भइरहेको स्रोतले जनाएको छ ।  सिंगो गठबन्धनमा सहमति नजुट्दा कांग्रेस र जसपा दुबैको प्राथमिकतामा नेकपा(माओवादी केन्द्र) पार्न सक्ने छ । कांग्रेससँग तालमेल नभएका स्थानहरुमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच मात्र भए पनि गठबन्धन गर्ने छलफल चलिरहेको माओवादी केन्द्रका नेताले बताएका छन् । केन्द्रको निर्णयको पर्खाइमा अधिकांश दलमा नगरपालिकाका नगर प्रमुख र उप प्रमुखको उम्मेद्वार टुंगो लगाउने जिम्मा केन्द्रीय कमिटीले लिएकाका छन् । त्यसैले आकांक्षीहरु केन्द्रकै निर्णय पर्खिरहेका जसपाका एक नेताले बताए । 
दलहरुले चुनाव लक्षित घरदैलो कार्यक्रम भने जारी राखेका छन् । अहिले आकांक्षीहरुले आफ्नो दावेदारी प्रस्तुत गर्ने, लबिङ गर्ने र निर्वाचन लक्षित गतिविधि सञ्चालन गरिरहेका छन् । केन्द्रबाट निर्देशन आएपछि उम्मेद्वार सिफारिस गरेर पठाउने गठबन्धनले तयारी गरेको एक नेताले बताउनु भयो ।

सम्बन्धित समाचार