माओवादी केन्द्रको तर्फबाट लालबन्दी १७ का वडा अध्यक्ष पदका उम्मेदवार अधिकारीको २१ बुँदे प्रतिवद्धता सार्वजनिक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-१९ गते   ५३८ पटक हेरिएको

आफ्नो वडामा चुनाव प्रचार प्रसारमा वडा अध्यक्ष पदका उम्मेदवार अधिकारी

नेकपा(माओवादी केन्द्र) लालबन्दी नगरपालिका १७ का वडा अध्यक्षका उममेदवारले आफ्नो प्रतिवद्धता सार्वजनिक गर्नु भएको हो । माओवादी केन्द्रको तर्फबाट लालबन्दी नगरपालिका १७ का वडा अध्यक्षका उम्मेदवार विष्णुहरी अधिकारीले २१ बुँदे प्रतिवद्धता सार्वजनिक गर्नु भएको हो । उहाँले आफ्नो प्रतिवद्धतामा समृद्ध नगर, समृद्ध वडा, मेरो प्रतिवद्धता भन्ने मुलनाराका साथ वडाका चुनावको प्रचार प्रसारमा रहेको समयमा आफ्ना २१ बुँदे प्रतिवद्धता सार्वजनिक गर्नु भएको हो ।
प्रतिबद्धता पत्रमा सार्वजनिक महाकालीको जग्गामा आवश्यक भौतिक पूर्वाधारहरु तयारगरी कृषि बजार लगाउने,अति विपन्न परिवारको पहिचान गरी सो परिवारका छोरीहरुलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिने,जेहन्दार विद्यार्थीहरुलाई वार्षिक छात्रवृत्तिको व्यवस्था गर्ने ,सर्वे भैसकेको  ऐलानी जग्गालाई जग्गाधनी पुर्जाको लागि तत्काल सम्बन्धित निकायसंग पहल गर्ने ,वडाका कुनै परिवारमा छोरीको जन्म भएमा नावालीक छोरीको बैङ्क खाता खोली एकमुष्ट रु १० हजार खातामा जम्मा गरिदिने,वडा भित्र आवश्यकता अनुसार  कृषि सडक र सिँचाइका लागि विद्युतकरण गरिने,वडाभित्र मुख्य तथा सहायक सडकमा सोलार बत्तीको व्यवस्था गरि उज्यालो वडा बनाउने,वडा भित्रका युवा क्लवहरुमा आवश्यक बजेट विनियोजन गरी खेलकुद क्षेत्रलाई अगाडि बढाउनुका साथै खेलमैदानहरुको स्तरोउन्नती गरि स्थानिय तथा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गरिने,वडाभित्र रहेका विद्यालयहरुलाई क्रमशः अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था गर्ने ,वडामा रहेका दुईवटा माविलाई प्राविधिक विद्यालयको लागि नेपाल सरकारसँग पहल गर्ने, कालिञ्जोर माविको पोखरीलाई स्तरीकरण गरी साविकको रानिगञ्ज गाविसको ३ , ४ र ५ लाई  छठ पर्वको सजिया घाटको रुपमा विकास गर्ने, साविकको रानिगञ्ज गाविसको ७ , ८  र ९ का लागि उपयुक्त स्थानको पहिचान गरी सजिया घाट निर्माण गर्ने,वडा भित्र आवश्यक स्थानको पहिचान गरी शान्ति पार्क निर्माण गर्ने,वडाका महिलाहरुलाई सिपमुलक शिक्षा मार्फत स्ववालम्बी बानउँने र त्यसका लागि आवश्यक अनुदानको व्यवस्था गरिने लगायतका प्रतिवद्धताहरु सार्वजनिक गर्नु भएको छ । 
त्यसैगरी उहाँले वडाका किसानहरूका लागि सुपथ मुल्यामा मल खाद्य , विउबिजनका लागि सरोकारवाला निकाय तथा प्रदेश सरकारसँग पहल गर्ने, वडामा पशुपालन व्यावसायलाई व्यावस्थीत बनाउन इच्छुक किसानहरुका  लागि आवश्यक अनुदानको व्यवस्थाका लागि पहल गर्ने,आवश्यकता अनुसार विभिन्न स्थानको पहिचान गरी ढल÷नालाको निर्माण गर्ने, बाँकी बसेका साविक रानिगंज  गाविसको १ देखि ९ सम्म गुणस्तरीय कालोपत्रे सडक निर्माण गर्ने, वडाका गाउँमा कृषि सहकारीको स्थापना गर्ने, वडाका मधेशी समुदायमा रातको विवहामा जन्ति राख्न समस्या देखिएको हुँदा उपयुक्त स्थानको पहिचान गरी जग्गा खरिद गरी जन्ती राख्न मिल्ने सार्वजनिक भवनको निर्माण गर्ने,वडा भित्रका वृद्धबुद्धा आमाबुबाहरुलाई धार्मिक भ्रमणको अवसर प्रदन गरिने,वडाका दलित जेहन्दार विद्यार्थीहरुलाई उच्च शिक्षाका  लागि छात्रवृत्ति प्रदान गरिने, वडामा उत्पादन भएको तरकारी तथा फलफुल लामो समयसम्म राख्नका लागि कोल्ड स्टोरको व्यावस्था नभएको हुँदा कोल्ड स्टोरको निर्माणका लागि सरोकारवाला निकाय तथा प्रदेश सरकारसँग आवश्यक पहल गर्ने साथै वडाको राजमार्ग छेउछाउ रहेको सार्वजनिक बाटोको जग्गामा तरकारी वजारका स्टलहरु निर्माण गरिने लगायतका प्रतिवद्धता सार्वजनिक गर्नु भएको छ ।
उहाँले आफ्नो नगर हाम्रो वडा समृद्ध बनाउन सबै मिलेर हातेमालो गर्नु पर्ने बताउनु भयो । माओवादी केन्द्रको तर्फबाट लालबन्दी नगरपालिका १७ को वडा अध्यक्ष पदका उम्मेदवार बन्नु भएका अधिकारीले बैशाख ३० गते हुने स्थानिय निकायको निर्वाचनमा गोलाकार भित्रको हँसिया हथौडामा मदतान गरि आफ्नो वडाको समग्र विकासमा सहयोग गर्न लालबन्दी नगरपालिका १७ बासी समक्ष आग्रह समेत गर्नु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech