ठुलो मात्रामा लागू ओैषध सहित २ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-२७ गते   ३१८१ पटक हेरिएको


 सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा प्रहरीले ठुलोमात्रामा लागू ओैषध सहित २ जनालाई  नियन्त्रणमा लिएको छ ।
मलंगवाबाट नवलपुर तर्फ आउदै गर्दा शंका लागि चेकजाँच गर्ने क्रममा लालबन्दी नगरपालिका १ स्थित नवलपुर चोकमा भारतिय नम्बरको मोटरसाईकलबाट १ हजार ५ सय नाईट्राभेट  ट्याब्लेट सहित कौडेना गाउपालिका २ बस्ने अन्दाजी वर्ष २८ का रितेश कुमार यादवलाई लागू ओैषध नियन्त्रण व्युरो विरगन्ज र ईलाका प्रहरी कार्यालय नवलपुरको टोलीले  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मलंगवाबाट नवलपुर तर्फ आउदै गरेका यादवलाई शंका लागि चेकजाँच गरि नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले लालबन्दी नगरपालिका २ का अन्दाजी वर्ष ३४ का विजय  घिमिरे र आफू मिलेर काम गरेको र उनको घरमा सय मिलिग्रामका ९० बोतल डाईलेक्स डिई समेत रहेको बताएका थिए । सोहि अनुसार लागू ओैषध व्युरो र ईलाका प्रहरी कार्यालय नवलपुरको टोलीले घिमिरेको घरको भान्सा कोठाबाट ९० बोतल डाईलेक्स डिई बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी  उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिनुभयो ।उहाँका अनुसार यादवले प्रयोग गरेको विआर ३३ ए ३३६५ नम्बरको भारतिय मोटरसाईल समेत बरामद् भई आवश्यक अनुसन्धान सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुख भएर प्रहरी उपरीक्षक पोख्रेल आएपछि जिल्लाका लागू ओैषध प्रयोगकर्ताहरु र लागू ओैषध कारोवारीहरुको निदहराम भएको  छ। खुल्ला सिमाना र नेपालमा प्रतिबन्धीत लागू ओैषध भारतिय बजारमा जताततै पाउने भएकोले पनि नेपाली बजारहरुमा लागू ओैषध भित्रने गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech