भदौ २३ र २४ गते “जेन जी” पुस्ताले गरेको देशव्यापी आन्दोलनका क्रममा देशभरका एक सय ४६ वटा नगरपालिका कार्यालय र ४० वटा गाउँपालिका कार्यालयमा क्षेती पुगेको विवरण सार्वजनिक भएको छ।नेपाल नगरपालिका संघले संकलन गरेको तथ्यांक अनुसार देशभरका ५३ प्रतिशत नगरपालिकाहरूमा कुनै न कुनै प्रकारले क्षति भएको छ।“जेन जी”पुस्ताले गरेको देशव्यापी आन्दोलनका क्रममा देशभरका एक सय ४६ वटा नगरपालिका कार्यालयमा भौतिक क्षति पुगेको छ ।
नेपाल नगरपालिका संघले संकलन गरेको क्षतिको विवरण अनुसार एक सय ३० वटा नगरपालिकामा कुनै क्षति भएको छैन भने ६९ वटा नगरपालिकामा तोडफोड र ७७ वटा नगरपालिकामा तोडफोड तथा आगजनी भएको छ ।आगजनीबाट सबैभन्दा बढी प्रभावित हुने प्रदेश मधेसका ३२ वटा नगरपालिका रहेका छन् ।कोशी प्रदेशमा १९ वटा,बागमती प्रदेशमा १० वटा,लुम्बिनी प्रदेशमा आठ वटा, सुदुरपश्चिम प्रदेशमा पाँच वटा,गण्डकी प्रदेशमा दुई वटा र कर्णाली प्रदेशमा एउटा नगरपालिकामा आगजनी भएको नेपाल नगरपालिका संघले जनाएको छ ।
संघका अनुसार मध्यम क्षति तोडफोडको घटना पनि मधेस प्रदेशमै सबैभन्दा बढी २१ वटा नगरपालिकामा भएको छ।त्यसपछि लुम्बिनी प्रदेशमा १६ वटा,बागमती प्रदेशमा ११ वटा, कोशी प्रदेशमा सात वटा,सुदूरपश्चिम प्रदेशमा छ वटा,कर्णाली प्रदेशमा पाँच वटा र गण्डकी प्रदेशमा तीन वटा नगरपालिकामा तोडफोड भएको छ ।आन्दोलनको क्रममा बागमती प्रदेशका २४ वटा,गण्डकीका २२ वटा र कोशी प्रदेशका २१ वटा नगरपालिकामा कुनै क्षति नभएको संघले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
देशभरका कुल दुई सय ९३ वटा नगरपालिकाहरू मध्ये १७ वटा नगरपालिकामा भने सम्पर्क स्थापित हुन नसकेको संघले जनाएको छ। यसमध्ये सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी नौ वटा नगरपालिका मा सम्पर्क हुन सकेको छैन। यस्तै,मधेस प्रदेशमा छ वटा र कोशी प्रदेशमा दुई वटा नगरपालिकामा पनि सम्पर्क स्थापित हुन नसकेको संघले जनाएको छ ।
गाउंपालिकामा के कति क्षति भयो ?
“जेन जी”पुस्ताले गरेको देशव्यापी आन्दोलनका कारण देशभरी रहेका चार सय ६० वटा गाउँपालिकाहरु मध्ये २२ वटा गाउँपालिकाको प्रशासकीय भवन पूर्ण क्षति र १८ वटा गाउँपालिकाको भवनमा आंशिक क्षति पुगेको छ । गाउँपालिका राष्ट्रिय महासंघले“जेन जी” पुस्ताले गरेको देशव्यापी आन्दोलनका कारण क्षति पुगेका गाउँपालिका,वडा कार्यालय र जनप्रतिनिधिका घरहरूको तथ्यांक सार्वजनिक गर्दै कोशी प्रदेशका नौ वटा गाउँपालिकाको प्रशासनिक भवन पूर्ण रूपमा र पाँच वटा गाउँपालिकाको भवन आंशिक रूपमा क्षति पुगेको सार्वजनिक गरेको छ।संघले ३८ वटा वडा कार्यालयको भवन पूर्ण र २० वटा वडा कार्यालयको भवन आंशिक रूपमा क्षति भएको जनाएको छ । त्यस्तै जनप्रतिनिधिको दुई वटा घर पूर्ण र एउटा घरमा आंशिक क्षति पुगेको संघले उपलब्ध गराएको तथ्यांकले जनाएको छ ।
जसमा मधेश प्रदेशका छ वटा गाउँपालिकाको प्रशासनिक भवन पूर्ण र एउटा गाउँपालिकाको भवनमा आंशिक रूपमा क्षति भएको छ।एउटा वडा कार्यालयको भवन पूर्ण र एउटा वडा कार्यालयको भवन आंशिक रूपमा क्षति भएको संघले जनाएको छ। बागमती प्रदेशका चार वटा गाउँपालिकाको प्रशासनिक भवन पूर्ण र एउटा गाउँपालिकाको प्रशासनिक भवन आंशिक रूपमा क्षति भएको छ। गण्डकी प्रदेशका तीन वटा गाउँपालिकाको प्रशासनिक भवन आंशिक रूपमा क्षति भएको छ। लुम्बिनी प्रदेशको एउटा गाउँपालिकाको प्रशासनिक भवन पूर्ण र तीन वटा गाउँपालिकाको भवन आंशिक रूपमा क्षति भएको छ।संघले उपवलब्ध गराएको तथ्यांक अनुसार कर्णाली प्रदेशका कुनैपनि गाउँपालिकाको प्रशासनिक भवन,वडा कार्यालयको भवन र गाउँपालिका जनप्रतिनिधिको घरमा क्षति भएको छैन ।
सुदूरपश्चिम प्रदेशको एउटा गाउँपालिकाको प्रशासनिक भवन पूर्ण र पाँच वटा गाउँपालिकाको भवनमा आंशिक रूपमा क्षति भएको छ।जस अनुसार गाउँपालिकाको २२ वटा प्रशासनिक भवन पूर्ण र १८ वटा भवन आंशिक रूपमा,४१ वडा कार्यालय पूर्ण र ४३ वटा वडा कार्यालय आंशिक रूपमा तथा जनप्रतिनिधिको १० वटा घर पूर्ण र तीन वटा घर आंशिक रूपमा क्षति भएको छ ।