नेपालीलाई नागरिकता पाउनै कठिन,सरोकारवाला निकाय मौन

220 Shares

मधेशका विपन्न तथा निमुखा नागरिकहरु अझै पनि नागरिकता पाउनबाट बञ्चित भएका पाइएको छ ।नेपालको संविधानले दिएको नैसर्गिक अधिकार उमेर पुगेपछि नागरिकता पाउनु भएपनि कतिपय जनप्रतिनिधिहरु र कर्मचारीहरुको बद्मासीका कारण मधेशका विपन्न तथा निमुखा नागरिकहरु अझै पनि नागरिकता विहिन हुन बाध्य भएका छन् ।
त्यस्तै,रौतहटको वृन्दावन नगरपालिका ३ को एउटा ठाकुर परिवारका युवा युवतिहरुले करिब चार महिनादेखि धाउँदा पनि नागरिकता नपाएको गुनासो गरे।वृन्दावन नगरपालिका ३ का कपिलदेव ठाकुरका छोरा चमन ठाकुर र छोरी कञ्चन ठाकुरले करिब चार महिनादेखि वडा कार्यालय,ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर र जिल्ला प्रशासन कार्यालय गौर रौतहट धाउँदा पनि नागरिक नपाएको कमलामाई मिडिया प्रा.लिसंग गुनासो गरे ।
वृन्दावन नगरपालिका ३ का वडा अध्यक्ष हरिनारयण साह,वडा सचिव शिवजी साहका साथै प्राविधिक सहायक जयराम साहले कारण आफुहरुको नागरिकता सिफारिस समेत नगरी दिएका पीडित परिवारले बताए।२०५० सालमा अन्तर जातिय विवाह गरेका कपिल देवले पारिवारिक दवावका कारण २०५२ सालमा आफ्नै जात र समुदायकी अर्की किशोरीसंग विवाह गरेका थिए।तथापि पनि घर भन्दा बाहिर बस्दै आएका कपिल देव आफ्ना छोरी छोरीको उमेर पुगेपछि नागरिकता सिफारिस लिन आवश्यक अन्य सबै कागजात लिएर वृन्दावन नगरपालिका ३ को कार्यालयमा गए।काठमाण्डौँमा शैलुनमा काम गर्ने कपिल देव छोराछोरीको नागरिता बनाउँन भन्दै विगत करिब चार महिना देखि रौतहट मै बस्दै आएका छन् ।
घर व्यवहार चलाउन उनै ठाकुरले जसो तसो कमाएर पठाउने गरेका भएपनि छोरा छोरीको नागरिकताको लागि लामो समय भौतारिनु पर्दा रोजगारी गुमेको छ भने अब घर व्यवहार कसरी चलाउने भन्ने चिन्ता कपिल देवलाई थपिएको छ ।
“वडा कार्यालयमा जाँदा जिल्ला प्रशासन कार्यालयबाट पत्र लेखाएर ल्याउनु भन्छन् ।जिल्ला प्रशासन कार्यालयले तीन पटक पत्र पठाउँदा पनि वेवास्था गरि नागरिकताको अनुसूची भरेर पनि वडा अध्यक्ष साहले हस्ताक्षर गर्दैनन्।अब नेपाली आमाबुबाबाट जन्मीएका नेपाली सन्तानले नागरिकता पाउन यति समस्या झेल्नु पर्छ भने गैर नेपालीहरुले कसरी सजिलै नागरिकता पाउँछन् ?”कपिल देवले कमलामाई मिडिया प्रा.लिलाई नै प्रश्न गरे ।
“उनी वंशजको नागरिकता पाएका मानिस हुन।उनकी श्रीमती नेपाली नागरिक हुन भने उनीहरुको विवाह दर्तापनि भएको छ साथै कञ्चन र चमनको अनलाईन प्रणालीबाट जन्म दर्ता समेत पहिलै बनेको भएपनि वडा अध्यक्ष साहले राजनीतिक आग्रह पुर्वाग्रह राखेर नागरिकता सिफारिस नदिँदा म अन्यायमा परेको छु ।”कपिल देवले बताए ।
उनी कमलामाई मिडिया प्रा.लिको सम्पर्कमा आएपछि हाम्रो टिमले वृन्दावन नगरपालिका ३ का वडा अध्यक्ष साह,सचिव साह,प्राविधिक सहायक साह सहित ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका तत्कालीन प्रमुख जनकराज पन्त र हालका प्रमुख माधव प्रसाद शर्मा सहित रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालसंग समन्वय गर्दा त्यहाँबाट पनि नागरिकता दिलाउने सवालमा कुनै चासो नदिएको पाइयो।त्यसपछि कपिल देव आवश्यक कानूनी बाटो अपनाउँने तयारीमा रहेका बुझिएको छ।माथिल्लो सरकारी कार्यालयले गरेको परिपत्र पालना नगरे सरकारी आदेशको अवज्ञा गरेको ठहर गर्दै त्यस्ता व्यक्ति वा निकायलाई कानूनी दायरामा ल्याउने कार्यमा प्रमुख जिल्ला अधिकारी भुसाल मौन देखिँदा चमन र कञ्चनको नागरिकता सिफारिसमा सरोकारवाला निकाय कै मौनता रहेको प्रष्ट हुन्छ ।
“कान्छी तर्फका छोराहरुले मेरो नागरिकता नियन्त्रणमा लिएर मलाई मानसिक असन्तुलन गुमाएको,हराएरको भन्दै वडाबाट पत्र बनाएर नागरिकता लिएका छन् भने मेरा बुबाको नाममा रहेको पैत्रिक सम्पती समेत उनीहरुले कब्जा गरी सकेका छन् ।अब मैले न्याय कहा गएर पाउने ?”कपिल देवले बताए ।

सम्बन्धित समाचार