ई.प्र.का.यदुकुवाबाट फर्जी राहदानी प्रमाणपत्र जारी ःप्रशासनमाथि गम्भीर प्रश्न

256 Shares

धनुषाको इलाका प्रशासन कार्यालय यदुकुवाबाट जारी गरिएका केही राहदानी प्रमाणपत्रहरू फर्जी भएको पाइएको छ।इलाका प्रशासन कार्यालय यदुकुवाबाट जारी गरिएका केही राहदानी प्रमाणपत्रहरू फर्जी भएको पाइएको छ ।इलाका प्रशासन कार्यालय यदुकुवाका प्रमुख गणेशचन्द्र मिश्रले फर्जी प्रमाणपत्र फेला परेको स्वीकार गर्दै विस्तृत विवरण दिन अस्वीकार गरे।“३÷४ वटा राहदानी फर्जी फेला परेका छन्, तर विस्तृत विवरण अहिले भन्न मिल्दैन।”उनले बताए ।
यस घटनापछि स्थानीय नागरिक समाज तथा सरोकारवालाहरूले प्रशासनिक संयन्त्रमै गम्भीर त्रुटि देखिएको भन्दै तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्।“राहदानी जस्तो संवेदनशील कागज फर्जी हुने हो भने यो राज्यप्रतिकै अविश्वास हो।दोषी जोसुकै होस्,कडा कारबाही हुनु पर्छ।”स्थानीयले बताए ।इलाका प्रशासन कार्यालय यदुकुवाबाट जारी भइरहेका राहदानीप्रति नै शंका उत्पन्न हुन थालेको एक सेवाग्राहीले बताए।“राहदानी सक्कली हो कि नक्कली भन्ने प्रश्न उठ्न थालेको भएपनि जिल्ला प्रशासन कार्यालय,धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाले भने आफूलाई फर्जी राहदानी प्रमाणपत्रको विषयमा जानकारी नभएको प्रतिक्रिया दिए।
सो प्रकरणमा सरकारी कर्मचारी वा बाह्य दलाल समूहको संलग्नता रहेको स्रोतको आशंका छ।प्रशासन माथिको प्रश्न चिन्हले देशका अन्य जिल्लाहरूमा पनि यस्ता फर्जी कार्य भइरहेको हुन सक्ने संकेत देखिएको छ।सरोकारवालाहरूका अनुसार समयमै नियन्त्रण लिन नसकिएमा यसले राष्ट्रिय सुरक्षामै गम्भीर असर पार्न सक्छ।

सम्बन्धित समाचार