माओवादी केन्द्र उपत्यका प्रदेशले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलाई कम्बल पठायो

133 Shares

नेकपा (माओवादी केन्द्र)को उपत्यका विशेष प्रदेशले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि राहत सामग्री पठाएको छ। माओवादी केन्द्रका उपमहासचिव तथा प्रदेश इन्चार्ज वर्षमान पुन(अनन्त)ले गोंगबु नयाँबसपार्क पुगेर सोमबार भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका लागि संकलित राहत सामग्री पठाएका हुन ।उनका अनुसार ४ सय थान कम्बल,म्याट,सिरकसहित खाद्यान्न पठाइएको हो ।   
भूकम्प प्रभावितहरु नियमित जीवनमा नफर्किंदा सम्म पार्टी र सरकारका तर्फबाट राहत संकलन र वितरण जारी राखिने उपमहासचिव पुनले जानकारी दिए ।जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर गत महिना ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोटमा १ सय ४ र रुकुम पश्चिममा ५३ गरी १ सय ७५ जनाले ज्यान गुमाएका छन्। एक हजार भन्दा बढी घाइते हुनुका साथै ८ हजारभन्दा बढी घरहरुमा क्षेती पुगेको छ ।

सम्बन्धित समाचार