सर्लाहीको मलंगवाबाट पेस्तोलसहित एकजना पक्राउ

2.2k Shares

सर्लाहीको मलंगवा नगरपालिका ११ बाट प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । शनिबार मलंगवा नगरपालिका–११, ठूलो पल्सीबाट स्थानीय अन्दाजी ३० वर्षका समसुद्दिन अन्सारीलार्ई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार बिहान अन्सारी र उनका दाजु ४५ वर्षीय फुलगनी अन्सारीबीच विवाद भएको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। झगडा गरिरहेका उनीहरूलाई छुट्याउने क्रममा समसुद्दिनले कम्मरमा भिरेको अवस्थामा एक थान पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
उनको साथबाट पेस्तोलमा लोड भएको एक राउन्ड गोलीसमेत बरामद भएको प्रहरलिे जनाएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको छ।

सम्बन्धित समाचार