प्रहरीको उच्च सर्तकताका कारणमा सर्लाहीमा सरस्वती पूजाको मुर्ति शान्तीपुर्ण रुपमा विर्सजन गरिएको छ।विवाद हुन सक्ने ठाउँहरुमा मुर्ति विर्सजनका क्रममा प्रहरीले उच्च सुरक्षा सर्तकता अपनाएका कारण कुनै विवाद नभई सरस्वतीको मुर्ति विर्सजन गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ।प्रहरीका अनुसार सरस्वती पूजाको मूर्ति मंगलबार नजिकैको खोला,पोखरी तथा नहर र जलासयमा लगेर सेलाउने अर्थात् विर्सजन गरिएको छ ।जिल्ला सदरमुकाम मलंगवासहित दक्षिणी क्षेत्रमा विगतका वर्षहरुमा सरस्वती पूजाको मुर्ति गर्ने क्रममा विवाद उत्पन्न हुने गरेको थियो ।
सोही कुरालाई मध्यनजर गरी मुर्ति विर्सजन गर्न लैजाँदा प्रहरीले उच्च सुरक्षा सर्तकता आपनाईएको थियो।विद्यालयको अलवा कतिपय ठाउँमा बालबालिका तथा गाउँले मिलेर चोक,चौरमा समेत सरस्वतीको प्रतिमा राखेर पनि पूजा गरिएका थिए ।ती सबै मुर्ति मंगलबार नै विर्सजन गरिएको हो ।
त्यसैगरी,सर्लाहीको धनकौल गाउँपालिका २,सहनी टोलमा ट्याक्टर पल्टँदा चालकको मृत्युु भएको छ ।धनकौलस्थित अन्नपूर्ण चिनी मिलमा उखुु “अनलोड”गरेर फर्किएको प्रदेश २–०३–००१ त ३०७१ नम्वरको ट्याक्टर अनियन्त्रित भइ पोखरीमा खस्दा चालकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार पोखरीभित्र ट्रलीसहितको ट्याक्टर डुबिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेपछि प्रहरीले ट्याक्टर निकाल्ने क्रममा ट्याक्टरले च्यापिएको अवस्थामा चालम मृत फेला परेका छन् ।प्रादेशिक अस्पताल मलंगवामा राखिएको मृतक चालकको पहिचान खुल्न बाँकी रहेको छ ।