संविधान दिवशकाे अवसरमा संविधान खारेजीको माग गर्दै प्रदर्शन गर्ने आम जनता पार्टी (आजपा)का करिब एक दर्जन नेता कार्यकर्ता पर्साकाे वीरगन्जबाट पक्राउ परेका छन् ।
संविधानकाे अन्त्येष्टि यात्रा भन्दै संविधान दिवशकाे अवसरमा निकालिएकाे र्यालीबाट आम जनता पार्टी(आजपा)का केन्द्रीय सचिव बाबुराम कौशिक मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा लगायत करिब एक दर्जन नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिए ।
सरकारले बिहीबार संबिधान दिवस मनाउदै गर्दा आम जनता पार्टी(आजपा)ले संबिधानको खारेजीको माग गर्दै मधेश प्रदेशका विभिन्न ठाउँमा अन्त्येष्टि यात्रा भन्दै विराेध प्रदर्शन गरेकाे आम जनता पार्टी(आजपा)का केन्द्रीय सदस्य एवम मधेस प्रदेशका प्रवक्ता डा. हेमप्रसाद साहले जानकारी दिए ।
उनले प्रहरीले नियन्त्रणमा लिएका आम जनता पार्टी(आजपा)का सबै नेता कार्यकर्ताहरलाई विना सर्त यथाशीघ्र रिहा गर्न माग समेत गरेका छन् ।