सर्लाहीको ईश्वरपुर नगरपालिका ९ रामनगरले बुधबारदेखि आफ्नै कार्यालयबाट सेवा प्रवाह सुरु गरेको छ । इश्वरपुर नगरपालिका ९ को वडा कार्यालय भवन निर्माणका लागि स्थानीय लक्ष्मीप्रसाद महतो सुढीले दुुई कठ्ठा जग्गा प्रदान गरेपछि रु ४० लाख खर्चिएर इश्वरपुर नगरपालिका ९ को वडा कार्यालय तयार पारिएको इश्वरपुर नगरपािलका ९ का वडा अध्यक्ष नन्दलाल चौधरीले जानकारी दिए ।उनका अनुसार बैठक कोठा,वडाध्यक्ष कक्ष र वडा सचिव कक्षसहितको एक तले भवन तयार पारेपछि नगर प्रमुख मनोज कुमार आर्चायले बुधबार वडा कार्यालय भवनको उद्घाटन गरेका हुन ।
१५ वटा वडा रहेको इश्वरपुर नगरपालिका सहित सर्लाहीका दुई सय वडाहरु मध्य अझैँ धेरै वडा कार्यालयहरु भाडाका घरबाट सञ्चालित रहेका कारण वडा कार्यालयले सम्पादन गर्ने काममा जनप्रतिनिधिहरु तथा कर्मचारीहरु र सेवाग्राहीहरुलाई समस्या पर्दै आएको छ । वडा कार्यालय भवन उद्धघाटन गर्न नगर प्रमुख आचार्य र उप प्रमुख रन्जिता देवी चौधरी लगायतको विशेष उपस्थिति रहेको थियो । स्थानीय तहको दोस्रो निर्वाचन भई जनप्रतिनिधिहरु आई सकेको पनि दुई वर्ष भएपनि जिल्लाका २० पालिकाका दुई सय वडाहरु मध्य अझैँ धेरै वडा कार्यालयहरु भाडाका घरबाटै सेवा प्रवाह भई रहेका छन् ।