बंदेलको आक्रमणबाट १ महिला घाईते 

1.6k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ११ मा जंगली बँदेलको आक्रमणबाट १ जना गंभिर घाईते भएका छन । नगरपालिका ११ बाहुनीका वर्ष अन्दाजी ५० की सार्की माया मोक्तान घाईते भएकी वडा नम्बर ११ का वडा अध्यक्ष दिपक कुमार लामाले जानकारी दिनु भयो ।
सोमबार बिहान जंगलमा घाँस काट्न गएकी मोक्तानलाई बँदेलले अचानक आक्रमण गर्दा उनको दाहिने हात र शरिमा गंभिर चोट लागेको उनका आफ्न्त उत्तरमान मोक्तानले बताएका छन ।
मोक्तानमा श्रीमान र उनि घाँस काट्न गएकाका र उनका श्रीमान रुखमा चढेको समयमा मोक्तानलाई बँदेलले आक्रमण गरेको हो । उनको दाहिने हात र ढाडमा गंभिर चोट लागेको उनको स्थानिय स्वास्थ्य संस्थामा उपचार भई रहेको वडा अध्यक्ष लामाले बताउनु भयो ।
पछिल्लो समयमा वन्य जन्तु चोरी तस्करी बढेपछि  जंगली जनावरहरु गाउा पस्न थालेका छन । वन विनाश हुनु र उनिहरुको आहारा जंगलमा नहुनु साथै गाउँ घरमा मकैको सिजन सुरु भएका कारण पनि जंगली जनावरहरु गाउँ पस्न थालेका छन ।

सम्बन्धित समाचार