इश्वरपुुर १० का १७० परिवारलाई लालपुर्जा वितरण

171 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका १० बेला र खैरा गाउँका एक सय ७० परिवारलाई जग्गाधनी प्रमाण–पत्र (लालपुर्जा) प्रदान गरिएको छ ।वर्षौदेखि गाउँब्लक जग्गामा बसोवास गर्दै आइरहेका इश्वरपुर नगरपालिका १० बेला र खैरा गाउँका एक सय ७० परिवारलाई इश्वरपुर नगरपालिकाको समन्वयमा नापी कार्यालय मलंगवाले जग्गाधनी प्रमाण–पत्र (लालपुर्जा) प्रदान गरिएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार  आचार्यले जानकारी दिए ।
उनका अनुसार इश्वरपुर नगरपालिकाको अनुरोधमा नापी कार्यालय मलंगवाले लामो प्रयास पछि लालपुर्जा उपलब्ध गराएको हो।जग्गाधनी प्रमाण–पत्र (लालपुर्जा) वितरण कार्यक्रममा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्य सहित भूमि समस्या समाधान आयोग सर्लाहीका अध्यक्ष मदन बहादुर विश्वकर्मा र नापी कार्यालय मलंगवाका प्रमुख सुमन किशोर मिश्रको उपस्थिति रहेको इश्वरपुर नगरपालिका १० का वडाध्यक्ष राशनारायण चौधरीले बताए ।
उनका अनुसार इश्वरपुर नगरपालिका १० बेला र खैरामा गाउँब्लक जग्गामा बसोवास गर्ने करिब दुई सय परिवार अझै जग्गाधनी प्रमाण–पत्र (लालपुर्जा)विहीन रहेका छन्।अहिले छुटेका उनीहरुलाई पनि अर्को चरणमा चाँडै नै जग्गाधनी प्रमाण–पत्र (लालपुर्जा) उपलब्ध गराउने योजनाका साथ प्रक्रिया अघि बढाइएको भूमि समस्या समाधान आयोग सर्लाहीका अध्यक्ष विश्वकर्माले बताए ।
वर्षौैको प्रतिक्षापछि बसोवास र भोगचलन गरिरहेको जग्गाको जग्गाधनी प्रमाण–पत्र (लालपुर्जा) पाउँदा इश्वरपुर नगरपालिका १० बेला र खैराका एक सय ७० परिवार खुसी भएका छन् । उनीहरुलाई अब जग्गा किनबेच गर्न तथा बैङकमा धितो राखेर ऋण लिन बाटो खुलेको छ ।

सम्बन्धित समाचार