सर्लाहीको लालबन्दी नगरपालिका ५ मा ब्याडमिन्टन कभर्डहलको सिलान्यास गरिएको छ । लालबन्दी नगरपालिका ५ मा सोमबार ब्याडमिन्टन कभर्डहलको सिलान्यास गरिएको हो ।
लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा २ वर्षमा सक्ने गरि गौरी गणेश कन्स्ट्रक्सन, गौरले निर्माणको ठेक्का पाएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले जानकारी दिनु भयो । नगरको ९२ लाख लागतमा ठेक्का आव्हान गरेकोमा गौरी गणेश कन्ट्रक्सन गौरले रु ७० लाखमा ठेक्का सकारको हो ।
२ वर्षमा निर्माण सम्पन्न हुने कभर्डहलका लागि यस वर्ष नगरले रु १५ लाख र वडा न.५,८,९,१६ र १७ ले रु १ लाख प्रति वडा र वडा नम्बर ७ ले रु २ लाख रकम विनियोजना गरेको छ । तर नगर प्रमुख खड्काले यसै वर्ष निर्माण सम्पन्न गर्दा पनि आर्थिक अभाव हुन नदिने प्रतिवद्धता जनाउनु् भयो । ब्याटमिन्टन कभर्डहलको सिलान्यास कार्यक्रममा नगर प्रमुख खड्काले निर्माण सम्पन्न गर्न २ वर्षको लक्ष्य राखिएको भएपनि यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्न निर्माण व्यावसायीलाई आग्रह गर्नु भएको छ ।
दुई वर्षको लक्ष्यका साथ ब्याडमिन्टन कभर्डहलको निर्माणको ठेक्का लागेको भएपनि यसै वर्ष निर्माण सम्पन्न गर्न र निर्माण सम्पन्न गर्नका लागि आर्थिक अभाव हुन नदिने नगर प्रमुख खड्काले प्रतिबद्धता जनाउनु भएको नगर उप प्रमुख शान्ती लामाले जानकारी दिनु भयो । ९२ लाखको बोलपत्र आव्हान गरिएकोमा गौरी गणेश कन्स्ट्रक्सन, गौरले निर्माणको ठेक्का पाएको ब्याडमिन्टन कभर्डहलमा ४ वटा कोर्ट निर्माण हुने नगरपालिकाका प्राविधिक कोमलहरी गौतमले बताउनु भयो । लालबन्दी नगरपालिका ५ को कार्यालय नजिकै ब्याडमिन्टन कभर्डहलको निर्माण हुने छ ।
कार्यक्रममा नगर प्रमुख खड्का,उप प्रमुख लामा वडा नम्बर ५ का वडा अध्यक्ष मोहन भण्डारी,वडा नम्बर ७ का वडा अध्यक्ष सुरेन्द्र कुमार न्यौपाने,वडा नम्बर ८ का वडा अध्यक्ष राजन कुमार श्रेष्ठ,वडा नम्बर ९ का वडा अध्इक्ष गोपाल घिमिरे,वडा नम्बर १६ का वडा अध्यक्ष गणेश थापा र वडा नम्बर १७ का वडा अध्यक्ष नवराज अधिकारी जिल्ला व्याडमिन्टन संघ सर्लाहीका अध्यक्ष तुलसी नारायण श्रेष्ठ,सचिव हर्ष श्रेष्ठ,लालबन्दी व्याडमिन्टन क्लबका अध्यक्ष गुणराज पोख्रेल(सुधिर),लालबन्दी नगरपालिकाका इन्जिनियर रोशन पण्डीत लगायतको उपस्थिती रहेको थियो ।