Close This

शसस्त्र प्रहरी पर्साद्धारा ठुलो मात्रामा लागु औषधसहित २ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-७ गते   १७५६ पटक हेरिएको

पर्साको बिन्दबासिनी गाउँपालिका ५ बाट शसस्त्र प्रहरीले ठुलो परिमाणमा लागु औषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
 बिन्दबासिनी गाउँपालिका ५ स्थित सिमा क्षेत्रबाट शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपि) प्रसौनीभाठ्ठाबाट खटिएको शसस्त्र प्रहरीको टोलीले ठुलो परिमाणमा लागु औषध सहित २ जनालाई नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल नेपाल १३ नम्बर हे.क्वा.गणका गणपति एवम शसस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोख्रेलले जानकारी दिनु भयो । उहाँका अनुसार नाइट्रोभेट ट्याबलेट १०० पत्ता, डाइजीपाम १०० एम्पुल,नोरफिन ९५ एम्पुल र फेर्नागन ९९ एम्पुल गरी कुल १०० पत्ता र २ सय ९४ एम्पुल सहित पर्साको बिन्दबासिनी गाउँपालिका ५ का अन्दाजी वर्ष २७ का संतोष पटेल र  पर्सा कै पटेर्वा सुगौली २ रंगपुर बस्ने अन्दाजी वर्ष ३७ का बिरबल चौधरीलाई नियन्त्रणमा लिइएको हो ।
उनिहरुको साथबाट ना ३१ प १६९२ मोटरसाईकल, २ सेट मोबाईल, नगद रु १०० र भारती रुपैँया १२०,चाँदीको ब्रासलेट अन्दाजी ५ तोला समेत बरामद् भएको शसस्त्र प्रहरी उपरिक्षक पोख्रेलले जानकारी दिनु भयो ।
पछिल्लो समय शसस्त्र प्रहरीले आफ्नो गस्ती र डियटी थप तादरुकताका साथ गरेपछि लागु औषध प्रयोग कर्ता एवम ओसार पसारमा संग्लग्नहरुको निदहराम भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech