लालबन्दी नगर अस्पतालका कर्मचारीको लार्पबाही,सेवा सुस्त–कागज दुरुस्त ?

453 Shares

सर्लाहीको लालबन्दी नगरपालिका स्थित रहेको लालबन्दी नगर अस्पताल पछिल्लो समय क्रमैसंग विवादित बन्दै गएको छ।कुनै समय सर्लाहीकै उत्कृष्ठ नगर अस्पतालको रुपमा पहिचान बनाएको नगर अस्पताल लालबन्दी पछिल्लोे समय कर्मचारीहरुको मनोमानीका कारण क्रमैसंग विवादित बन्दै गएको हो ।

WhatsApp Image 2026-07-16 at 11.21.03 PM.jpeg
 सर्लाही सहित छिमेकी जिल्लाहरु रौतहट,महोत्तरी र सिन्धुलीबाट स्वस्थ्य सेवा लिन आउने सेवाग्राहीले कर्मचारीको व्यवहार,ढिलो सेवा प्रवाह तथा व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेपछि बाहिरबाट जति चर्चा गर्न लाएक ठानीएपनि भित्र भित्रै लथालिङ् भएको रहस्य बाहिरिएको छ ।अस्पतालले कागजी अभिलेख र प्रशासनिक प्रक्रिया व्यवस्थित रहेको दाबी गरे पनि सेवाग्राहीले व्यवहारमा भने अपेक्षा अनुसार सेवा नपाएको गुनासो गरेका छन्।लालबन्दी नगरपालिकाले अस्पताल सञ्चालन र स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आएको दावी गरेपनि  नगरपालिकाको सामाजिक विकास ईकाईका संयोजक नै लालबन्दी नगर अस्पतालको सेवा प्रवाह प्रति सन्तुष्ट छैनन् ।

WhatsApp Image 2026-07-17 at 12.07.30 AM.jpeg
उनका  अनुसार सामान्य स्वास्थ्य परीक्षण,औषधि वितरण तथा आवश्यक कागजातका काममा समेत लामो समय कुर्नुपर्ने र कर्मचारीहरुको गैर जिम्मेवारीपनाका कारण सेवाग्राहीहरु समस्यामा परेका छन् ।कतिपयले कर्मचारीहरुसँग जानकारी माग्दा सन्तोषजनक जवाफ नपाएको र सेवाग्राहीप्रति जिम्मेवार व्यवहार नदेखिएको आरोप लगाएका छन्।भने अस्पतालमा सेवा लिन पुगेका बिरामी र आफन्तले अनावश्यक झन्झट बेहोर्नुपरेको गुनासो गरेका छन् ।अस्पतालमा जनशक्ति व्यवस्थापन,सेवाको अनुगमन तथा कर्मचारीको जिम्मेवारी बोध बढाउनुपर्ने सेवाग्राहीहरुले आवश्यकता औँल्याएपनि लालबन्दी नगर अस्पतालका साथै नगरपालिकाको स्वास्थ्य शाखा सो सवालमा सुस्त देखिएको छ ।

WhatsApp Image 2026-07-16 at 11.54.00 PM.jpeg
अस्पतालको उद्देश्य नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु भएकाले सेवाग्राहीमैत्री वातावरण निर्माण गर्न ढिलाइ गर्नु नहुने स्थानीय जानकारहरुले बताएपनि लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा तथा नगर अस्पतालका डाक्टररु निजी स्वास्थ्य संस्थाबाट कमिसन असुलेर सरकारी स्वास्थ्य संस्थाको सेवा सुधारमा उदासिन देखिएका नाम नबताउने सर्तमा एक स्थानीयले बताए ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नगर अस्पतालका लागि विभिन्न योजना तथा सूचना सार्वजनिक गर्दै आएको लालबन्दी नगरपालिकाले जनाएको छ।अस्पतालको सेवा सुधार, जनशक्ति व्यवस्थापन तथा पूर्वाधार विकासका विषयमा नगरपालिकाले समय–समयमा कार्यक्रम सञ्चालन गर्दै आएको विवरण सार्वजनिक अभिलेखमा उल्लेख गरिएपनि कागजी हल्ला भन्दा नगर अस्पतालको सेवा प्रवाह तथा व्यवस्थापकीय पक्ष निकै कमजोर रहेको स्थानीयको भनाई छ ।

575aca7c-ffe7-458a-b63e-cec6c2cfcbe3.jpg
अस्पतालमा कागजी प्रक्रिया मात्र व्यवस्थित भएर नपुग्ने प्रत्यक्ष सेवा प्रवाह पनि प्रभावकारी हुनुपर्ने उनीहरुको भनाई छ।स्वास्थ्य संस्था नागरिकको पहिलो भरोसाको केन्द्र भएकाले कर्मचारीको व्यवहार,समयमै सेवा र पारदर्शी व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उनीहरूको माग छ।
स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले सेवाग्राहीका गुनासोको निष्पक्ष छानबिन गरी आवश्यक सुधारका कदम चाल्नुपर्ने स्थानीय युवाहरुको जोड छ।साथै,अस्पताल प्रशासन र नगरपालिकाले उठेका गुनासोबारे स्पष्ट धारणा सार्वजनिक गर्दै सेवा सुधारका लागि प्रभावकारी पहल गर्नुपर्ने माग पनि युवाहरुको छ ।स्थानीय युवाहरुले लालबन्दीको स्वास्थ्य क्षेत्र सुधार गर्ने हो भने लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानी र लालबन्दी नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीलाई लालबन्दीबाट हटाउनु पर्ने माग समेत गरेका छन् ।
यता,सो सवालमा बुझ्न लालबन्दी नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीलाई फोन गर्दा उनको फोन उठेन।लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले आफुलाई कुनै जानकारी नभएको भन्दै गैर जिम्मेवार जवाफ दिए ।

सम्बन्धित समाचार