सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ रजवासमा उत्पादन भएको बुद्धचित्तको दाना खरिदकर्ताहरूले वडा कार्यालयलाई राजश्व नतिरी गुण्डागर्दी शैलीमा रातारात निकासी गरेका रहस्य फेला परेको छ ।
पहिलो,दोस्रो हुँदै तेस्रो पक्षले रु ३० लाखमा निकासी गरेको बुद्धचित्तको दाना खरिद कर्ता आर.एन.खतिवडाले वडा कार्यालयलाई राजश्व नतिरी गुण्डागर्दी शैलीमा रातारात निकासी गरेका घ्याङलेख गाउँपालिका–१ का वडा अध्यक्ष सोमबहादुर भोलनले बताए ।उनका अनुसार सम्झौता गर्दाको रकमको १० प्रतिशत रकम गाउँपालिकाको आर्थिक ऐन अनुसार वडा कार्यालयमा बुझाउनु पर्नेमा बुद्धचित्तको दाना खरिदकर्ता खतिवडा समुहले गालिगलौज गरी राजश्व नतिरी गुण्डागर्दी शैलीमा रातारात निकासी गरेका हुन ।
सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई जानकारी गराउँदा प्रहरीले आवश्यक समन्वय नगरेको वडा अध्यक्ष भोलनले गुनासो गरे।उनका अनुसार बुद्धचित्तको दाना खरिदकर्ता खतिवडा समुहले प्रहरीको सहयोग नपाएको भए त्यति सजिलै बुद्धचित्तको दाना गुण्डागर्दी शैलीमा रातारात निकासी गर्न सक्दैन् थिए ।
वडा कार्यालयका अनुसार बुद्धचित्तको दाना खरिदकर्ताले सम्झौता गर्दाको बखतको रकमको १० प्रतिशत राजश्व गुमेको छ।वडा कार्यलयमा संकलन हुनुपर्ने राजस्व छली गरी ठूलो परिमाणमा बुद्धचित्त दाना बाहिरिएको भन्दै गाउँपालिकाले समेत चासो व्यक्त गरेको छ।
स्थानीय स्रोतका अनुसार घ्याङ्लेख गाउँपालिका–१ रजवासका फुलमान भोलनले उत्पादन गरेको बुद्धचित्त दाना आवश्यक राजस्व तिर्नुपर्ने कानुनी व्यवस्था रहे पनि बुद्धचित्तको दाना खरिदकर्ता खतिवडा समुहले प्रहरीको आडमा वडामा राजश्व नतिरी गुण्डागर्दी शैलीमा रातारात उल्टै गालि गलौज गरेर बुद्धचित्तको दाना निकासी गरेका हुन ।
स्थानीय बासिन्दाहरूले राजस्व संकलन प्रक्रियामा कमजोरी देखिएको तथा सम्बन्धित निकायको प्रभावकारी अनुगमन अभावका कारण व्यापारीहरू लाभान्वित भएको बताए।“राजस्व तिरेर व्यापार गर्नेहरू मर्कामा परेका छन्,तर पहुँचका आधारमा केही व्यापारीले सहजै मालसामान बाहिर लैजान सफल भएका छन्,”एक स्थानीयले बताए।
यता,बुद्धचित्त दाना निकासीको सवालमा सामान्य जानकारी भएको र स्थानीय तहमा कर बुझाउनु पर्ने व्यवस्था अनुसार नभएको भए उजुरी दिन र उजुरी दिए बुद्धचित्तको दाना खरिदकर्ता खतिवडा समुहलाई बोलाएर राजश्व तिर्न लाउने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले बताए ।
उनले बुद्धचित्तको दाना खरिदकर्ता खतिवडा समुहसंग प्रहरीको मिलेमतो नरहेको दाबी गरे।तथापि स्थानीयवासीहरूले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्।बुद्धचित्त दाना पछिल्लो समय धार्मिक तथा व्यापारिक दृष्टिले महत्वपूर्ण मानिने भएकाले यसको कारोबार बढ्दै गएको छ।बढ्दो व्यापारसँगै कर छली,अवैध संकलन तथा ढुवानीका घटना पनि बढ्न थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
स्थानीय नागरिक समाजका प्रतिनिधिहरूले गाउँपालिकाको आम्दानीको प्रमुख स्रोत बन्न सक्ने बुद्धचित्त व्यापारमा पारदर्शिता कायम गर्न,राजस्व चुहावट रोक्न तथा दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।