सर्लाहीको हरिपूर्वा नगरपालिकामा गठीत सर्वदलिय संघर्ष समितिले चालु आर्थिक वर्ष २०८०/०८१ को बाँकी रहेको भुक्तानी १५ दिनभित्र गरिसक्न माग गरेको छ। समितिले प्रेस विज्ञप्ती जारी गरी काम भइसकेका योजना तथा कार्यक्रमको १५ दिनभित्र भुक्तानी गर्न चेतावनी दिएको सर्वदलिय संघर्ष समिति हरिपूर्वाका संयोजक विकाउ राय यादवले जानकारी दिए ।
समितिका अध्यक्ष यादवले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तीमा कतिपय योजनाको भुक्तानी गर्दा १० प्रतिशत कमिसन लिइएको आरोप लगाइएको छ,भने उक्त १० प्रतिशत रकम र बाँकी रहेका योजनाहरुको समेत भुक्तानी १५ दिनभित्र नभए आन्दोलन गर्ने विज्ञप्ती मार्फत चेतावनी दिइएको छ ।
सरकारी खाता बन्द हुने दिन असार २४ गते राति १२ बजेसम्म लालबन्दीमा बसेर भुक्तानीको काम गरिएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ।जिल्लाका अधिकांश स्थानीय तहहरुले चालु आर्थिक वर्षको भुक्तानी पुरा गर्न नपाउँदै भुक्तानी प्रक्रिया रोकिएको निर्माण व्यावसायीहरुले गुनासो गरेका छन् ।