Close This

तिनपाटन १ र २ जोड्ने चँदाहा खोलाको झोलुंगे पुल बाढीले भत्कायो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-५ गते   ३०४० पटक हेरिएको

सिन्धुलीको तिनपाटन गाउँपालिका १ र २ जोड्ने चँदाहा खोलामा निर्माणाधिन अवस्थामा रहेको झोलुंगे पुल सोमवार रातीको बाढीले भत्काएको छ । तीनपाटन १  सिक्रे र २ हिलेपानी जोड्ने झोलुंगे पुल सोमवार रातीको बाढीले भत्काएको हो ।  
चँदाहा नदीमा आएको बाढीले खोलाको धार परिवर्तन गर्दा निर्माणाधिन पुलको पिलर भत्किएको उपभोक्ता समितिका सचिव डिल्लीराम अधिकारीले कमलामाईमिडिया प्रालीलाई जानकारी दिनुभयो । उहाँका अनुसार ‘बाढीले जमिन कटान गरी वडा नं. २ हिलेपानी तर्पmको पुलको पिलर भत्काएको हो । 
भत्किएको पुलका सबै सामानहरु खोलामा पुरिएकाले तत्काल नझिके थप क्षति हुने उहाँले बताउनु भयो । नदीले धार परिवर्तन गरि मधुगंगामा भुमरी पर्दा खोलाले पुलको पिलर खोलेर ढालेको तिनपाटन गाउँपालिका १ का वडा अध्यक्ष गोविन्द राउतले बताउनुभयो । उक्त स्थानमा पुल बनेपछि गाउँपालिका जान आउन सहज हुने उक्त वडडाबासीको अपेक्षा थियो । भने पुल निर्माण भएपछि  गाउँपालिका जान छोटो र सहज बाटो हुने थियो । उहाँले बताउनुभयो ।
उपभोक्ता समिति मार्फत निर्माण भईरहेको १ सय १९ मिटर लामो उक्त फलामे पुल डोलिडार नामक संस्थाको रु ८८ लाख १७ हजार ८ सय ९१ लागत र स्वीस रेडक्रसको प्राविधिक सहयोगमा निर्माण भईरहेको थियो । पुल निर्माणमा प्राविधिक त्रुटि नरहेको रेडक्रसका जुनियर इन्जिनियर चित्र लुंगेलीको दाबी छ । उक्त पुल २०७८ असार मसान्तमा निर्माणको काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो ।  पुष्पा सुनुवार सिन्धुली
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech