दाइजोको बाहनामा घरेलु हिंसाको शिकार बन्दै कञ्चन

396 Shares

सर्लाहीको हरिवन नगरपालिका ९ मा दाईजोको बाहनामा एक बुहारीमाथि अमानविय व्यावहार भएको पाइएको छ।हरिवन नगरपालिका ९ का रोहित गुप्तामुन्ना)संग सामाजिक परम्परा अनुसार २०७९ असार १० गते विवाह गरेकी कञ्चन रौनियारमाथि दाईजोको बाहनामा अमानविय क्रियाकलाप हुँदा पनि सरोकारवाला निकाय मौन देखिएका छन् ।
मोरङको विराटचोकबाट २०७९ असार १० गते सामाजिक परम्परा अनुसार भव्य समारोहका विच भएको रोहित र कञ्चन विचको विवाह छोटो समयमा नर्कमा परिणत भएको छ । रोहित र कञ्चन विच समाजिक सञ्जालबाट चिनजान र कुराकानी भएपनि साामजिक परम्परा अनुसार विवाहमा करिब ७० लाख खर्च,१५ लाख दाईजो,करिब २० तोला सुन लगायत घरायसी सबै सामानहरु दिएर २०७९ असार १० गते विवाह भएको भएपनि त्यो करिब दुइृ महिनापछि भयावह रुपमा संकटमा परिणत भयो ।“बिहे गरेको केही महिना मलाई सबै परिवारले माया गरे जस्तो गर्नु भयो,तर बिहे गरेको करिब दुई महिनापछि फलानोले रु ५० लाख दाहिजो दिंदै थियो, तँ बाट के पायौं भनी मलाई रु ५० लाख दाहिजो घरबाट मागेर लिएर आउन भनेर दिनरात कुटपिट र हिंसा गर्न थाल्नु भयो ।बिहे जस्तो पवित्र सम्बन्धलाई तोड्नु नपरोस् भनी मैले सबै कुरा सहेर पचाएर बसेँ।”कञ्चनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

उनले,“आफ्ना बुबाले रोहितसंग  बिहेमा ६५–७० लाख खर्च गर्नुभयो,जसमा नगद रु १५ लाख, सुन १८–२० तोला,चाँदि,हिरा र घरका सबै (जस्तै ःसामान–फ्रिज,टी.भी,किङ साइज बेड, डाइनिङ टेबल,वाशिङ मेशिन,हिटर,गिजर,माइक्रोवेभ,ग्लास टेबल,सोफा,ड्रेसिङ टेबल र भान्साका सबै सामान लगायतका सम्पूर्ण सामग्री ममी–बाबाले दिएर एकदमै भव्य इन्गेजमेन्ट र बिहे मेरो श्रीमान र उहाँको परिवारको माग अनुसार गर्नुभयो।”आफ्नो सामाजिक सञ्जाल मार्फत लेखेकी छन् ।
“मैले यो सर्लाहीमा कहिले न्याय पाउने ?सबै कुरा पैसा र पावरले दबाउन खोज्दै छन् । मेरो जीवनलाई बर्बाद गरिदिनु भयो आखिर कति सहने म?मलाई यो न्यायको लडाईमा  हजुरहरूको साथ र सहयोग चाहियो ।दिनरात सबैको यातना सहदै बस्नु पर्यो।कुटपिट गरेर घाउ समेत बनाइ दिनुभयो सबै परिवारले,सासु ससुराले अर्को बिहे गरेर धेरै दाइजो लिएर आउन भनेर मेरो श्रीमान्लाई दबाब दिन थाल्नु भयो।मेरो बुबा–आमाले इज्जत नजाओस् भनी कसैलाई हल्ला नगरी घरमा आएर मेरो छोरीलाई न कुट्नु न पिट्नु हिंसा न गर्नु भन्दा उल्टै रु ५० लाख दाईजो डिमान्ड गर्नु भयो,नत्र छोरी मार्दिन्छु भनी जहिले धम्क्याउनु हुन्थ्यो ।पटक पटक आमा बुवालाई सम्पर्क गर्न खोज्दा,मेरो मोबाइल खोसियो र मेरो परिवारका सम्पूर्ण वक्तीका नम्बर ब्लक गरेर मलाई सम्पर्क विहिन गरिदिनु भयो।२०७९ को तिहार र छठ पुजापछि मलाई कुटेर घरबाट निकालि दिनुभयो ।त्यसपछि म माइतीको शरणमा गएँ।मेरो श्रीमान् र परिवारले तीन महिना सम्म सम्पर्क गर्नु भएन।मैले मलंगवा माइती नेपालमा गुहार माग्दा कुनै सहयोग पाइँन।अतः त्यसपछि  बरहथवाको रौनीयार समाज र उहाँको आफन्तलाई गुहार लगाउँदा उहाँको घरमा पञ्चायती बस्नु भयो,तर त्यहाँ म सँग भएको हिंसाको केही कारवाही र फैसला नभई उल्टै मलाई दबाइयो ।”कञ्चनले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन् । 
“यति सम्म अत्याचार भइरहँदा मैले आवाज उठाउँदा बरथवा रौनियार समाजले उल्टै आवाज नउठाऊ भनी दबाउनु भयो, मेरो माइतीलाई उहाँहरुको निर्णयले चित्त नबुझ्दा,मेरो ज्यानको सुरक्षा  नहुँदा मलाई माइती लाग्नु भयो,तर  मेरो सासु ससुरा तथा श्रीमान्ले रोक्नु भएँन र मेरो माइतीले मलाई लिएर घर जानुभयो।मेरो श्रीमानको इच्छा अनुसार विदेश जानलाई  बिहे गरेको केही दिन मै भाष कक्षा उहाँले गरिदिनु भएको थियो र म बाध्य भएर माइती गएर त्यही कक्षा गरँ ।२०७९ माघ ६ गते मेरो भाषा परीक्षा थाहा पाउना साथ  मेरो श्रीमान्  मलाई लिन माइती आउनु भयो।मैले र मेरो परिवारले अब सुध्रिनु हुन्छ होला कि भनेर फेरि मौका दिने निर्णय गर्यौं।”कञ्चनले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन् ।
“परीक्षा सकेर म मेरो घर नयाँरोड आउने बित्तिकै विदेश जानलाई माइतीबाट पैसा माग भनी मलाई फेरि कुटपिट सुरु गर्नुभयो।बाध्य भएर मेरो माइती पक्षले रु १० लाखको चेक र रु छ लाख नगद दिनुभयो,तर भिसा नलागेपछि अब तँलाई हामी नराख्ने भनी फेरि पुर्ण रूपमा मलाई  हिंसा,कुटपिट गलिगलौच गरी अभद्र व्यवहार गरेर घर निकाला गर्नु भयो र फेरि माइतीको शरणमा आएँ।केही महिनापछि मलाई जानकारी नगराई उहाँहरूले मिलेमत्तोमा मेरो अंश मार्नको लागि सासु, ससुरा,दुइ वटी नन्द र श्रीमानबीच अंशबण्डा गरेर सम्बन्ध विच्छेदको प्रक्रिया सुरु गरिदिनुभयो ।अंशबण्डा गरिएको र सम्बन्ध विच्छेदको प्रक्रिया सुरु गरेको मलाई कुनै जानकारी छैन् ।
त्यसपछि म ईलाका प्रहरी कार्यालय हरिवनमा गएर मलाई दाइजोको बाहनामा घरेलु हिंसा भयो,मलाई न्याय दिनु पर्यो भनेर गुहार माग्दा पनि उहाँहरुले हरिवन नगरपालिकाको न्यायिक समितिमा पठाउनु भयो ।त्यहाँ मैले मलाई हिंसा नगरी इज्जत साथ खाना,ल्याउन र बस्न दिनु भनेर निवादेन दिएको थिएँ।बैठकमा समाज,दुबै परिवार–सबैजना उपस्थित हुनु भएको  थियो ।अन्त्यमा सल्लाह–मिलापत्र र विवाह दर्ता बनाउने भनिएको थियो,तर त्यसैबीच म सँग एकदमै नराम्रो व्यवहार भयो।हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेख मेहबुब रेजा,आफ्ना श्रमिान् रोहित गुप्ता (मुन्ना), रोहितका भिनाजु विशाल गुप्ता,रोहितका मामा राजेन्द्र गुप्ता,मेरो सासु–ससुरा र केही अन्य महिलाहरू मिलेर मलाई“काम छ,बाहिर हिँड एकछिन”भन्दै न्यायिक समितिबाट निकाले एउटा स्वास्थ्य संस्थामा लगि गर्भवति चेकजाँच गर भन्नु भयो ।मैले“म महिनावारी भएकी छु”भन्दा पनि उहाँहरूले“कि त टेस्ट गर,कि त कपडा खोलेर देखा”भनेर दबाब दिनुभयो। मलाई दबाब दिएपछि“म केही गर्दिनँ,म जान्छु भनेँ,तर जबरजस्ती मेरो तल्लो सबै कपडा खोलेर (सुरुवाल–पेन्टी) प्याड–रगत हेरियो।अनि बल्ल मलाई छोड्नुभयो र म रुँदै कराउँदै त्यहाँबाट भागेर हरिवन नगरपालिकाको न्यायिक समितिमा गएर सबैलाई यो कुरा भनेँ “मसँग यस्तो व्यवहार भयो”भनेर,तर त्यहाँ प्रहरी,न्यायिक समिति र समाज कसैले पनि मलाई कुनै सहयोग र उहाँहरुलाई कुनै कारवाही गर्नु भएन।उल्टै“ढिलो भयो,आज प्रक्रिया रोकिन्छ,अब दुबै पक्ष आइतबार १० बजे आउनू”भन्दै घर पठाइदिनुभयो। 
मसँग यति सम्मको अत्याचार हुँदा पनि समाजले के हेरिरहे ? कानुनले के हेरिरहे ?न्यायिक समिति,जहाँ पीडितले न्याय खोज्न जान्छन्,त्यहाँ नै यति धेरै अन्याय हुन थालेपछि म जस्तो पिडीहरु कहाँ जाने ?”कञ्चनले आफ्नो सामाजिक सञ्जाल मार्फत गुनासो गरेकी छन् । 
त्यहाँबाट कुनै सहयोग नपाएपछि उल्टै मेरो इज्जतमा दाग लगाउने कामहरू मात्रै भयो।त्यस कारण मैले जिल्ला अदालत लमंगवा,सर्लाहीमा गएर घरेलु हिंसा मुद्दा दर्ता गरेँ र सुरक्षा साथ घर बस्ने अर्डर लिएर आएँ।वडा कार्यालय,नगरपालिका र इलाका प्रहरी कार्यालय हरिवनमा  पत्र पनि बुझाएँ,तर घर प्रवेश गराइदिनु भन्दा,“पहिले बैठक बस्नु पर्छ”भन्दै फेरि मेरो श्रीमानलाई उन्मुक्ती दिने काम भयो।
मैले छ महिना सम्म प्रहरी प्रशासनमा करिब २५ पटक सम्मःगएर न्यायको लागि गुहार माग्दा पनि मलाई ईलाका प्रहरी कार्यालय हरिवनबाट“यो मितिमा आउनू”बैठकको लागि भनी फिर्ता पठाउनु हुन्थियो,तर एक पटक पनि उहाँहरूलाई उपस्थित गराउनु भएन।सबैजानाको मिलेमत्तोमा श्रीमान रोहितलाई यती समय दिइयो कि उहाँहरूले निषेध आज्ञा लिँदै आउनुभयो।
त्यसपछि जबसम्म निषेध आज्ञा खारेज हुँदैन,तब सम्म हामी केही गर्न सक्दैनौं भन्दै फेरि पनि मलाई दबाउने र उहाहरुलाई उन्मुत्ती दिने काम भई रहेको छ ।मैले उच्च अदालत जनकपुर गएर निषेध आज्ञाको प्रत्युत्तर लगाएँ।करि पाँच महिना बितिसक्दा पनि मेरो पेशी नचढेपछि के कारण रोकियो भनेर बुझ्दा हरिवन नगरपालिका हर हरिवन नगरपालिका ९ को पत्र बीचमै गायब भएको जवाफ दिनुभयो। अनि कति सम्मको लापर्वाही भएको कानूनका कर्मचारीहरू पनि?यहाँ एउटा पीडित महिनौं न्यायको लागि यता उता गुहार माग्दा पनि कसैलाई केही फरक परेन।यति सम्मको लापरवाही भयो सबै जनाको मिलेमत्तोमा मेरो मुद्धा दबाउन खोजीयो ।अन्ततःदबाब दिएपछि नयाँ पत्र तामिल गर्नुभयो र मैले निषेध आज्ञा खारेज गराएर ल्याएँ।” ”कञ्चनले आफ्नो सामाजिक सञ्जाल मार्फत बताएकी छन्।उनले आफ्नो सामाजिक सञ्जालमा आफ नन्दले घाँटी काटेर फाल्ने सम्मको धम्की दिएकी छन् भन्ने समेत बताएकी छन्। 
त्यस्तै,मानविय सम्वेदनासंग जोडिएको घटनामा पनि हरिवन नगरपालिकाका जनप्रतिनिधिहरु सम्वेदनसिल नभएका हरिवन नगरपालिकाका निवर्तमान नगर प्रमुख गणेश प्रसाईले बताए।उनले संविधानको मर्म र भावना विपरित भएका यस प्रकारका गतिविधिहरुलाई जनप्रतिनिधिहरुले गंभिरताका साथ हेर्नु पर्ने बताएका छन्।कञ्चनले आफ्नो सामाजिक सञ्जालमा हालेका केही भिडियोहरुमा चिच्याहट,रुवाबासी र झैँ झगडा भएको जस्तो सुनिएको छ।उनले आफ्नो शरिरमा लागेको चोटको समेत फोटो र भिडियो सामाजिक सञ्जालहरुमा हालेकी छन् ।सो विषयमा बुझ्न हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेष मेहबुब रेजा र हरिवन नगरपालिकाकी नगर उप प्रमुख एवम न्यायिक समितिकी संयोजक हरिमाया घलानलाई फोन गर्दा फोन उठेन ।
सम्बन्धित समाचार