Close This

स्रोत नखुलेको १५ लाखभन्दा बढी रकमसहित २ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२६ गते   १९० पटक हेरिएको

सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको रु १५ लाख भन्दा बढी रकम सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।मलंगवा नगरपालिका ८ स्थित नेपाल भारतसिमा क्षेत्रबाट स्रोत नखुलेको रकम रु १५ लाख १६ हजार सहित २ जनालाई पक्राउ गरिएको  जिल्ला प्रहरी कायार्यलय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनु भयो । उहाँका अनुसार स्रोत नखुलेको रु १५ लाख १६ हजारसहित २ जनालाई सिमा क्षेत्रबाट पक्राउ गरिएको हो  ।
पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका ६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका १२ बस्ने अन्दाजी ३५ वर्षीय जनकराज हमाल र धादिङको गल्छी गाउँपालिका ५ घरभई हाल काठमाडौं महानगरपालिका १४ बस्ने अन्दाजी २५ वर्षीय सुमन खतिवडा रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
नेपालबाट भारततर्फ जाँदै गरेको बा.९८ प ७१५८ नम्बरको मोटरसाइकललाई शंका लागि रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरिएको प्रहरीउपरिक्षक पोख्रेलले जानकारी दिनु भयो । पक्राउ परेका दुवै जनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech