रोल्पाको त्रिवेणी गाउँपालिका २ मा निर्माण गरिएको शीत भण्डारको रकम भुक्तानी नहुँदा निर्माण व्यावसायी प्रहरीको नियन्त्रणमा परेका छन् । त्रिवेणी गाउँपालिका २ मा शीत भण्डार भवनको निर्माण कार्य सम्पन्न गरेको निर्माण कम्पनी माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स भैरहवालाई त्रिवेणी गाउँपालिका २ मा रहेको नुवागाँउ साना किसान कृषि सहकारी संस्था लिमिटेडले भुक्तानी नगर्दा सामान आपुर्तीकर्ताको उजुरीको आधारमा निर्माण कम्पनीका सञ्चालीका सरस्वती देवी लोनिया र हरि प्रसाद अधिकारी टेकु प्रहरी परिसरको हिरासतमा पुगेका हुन् ।
सहकारीले भुत्तानी नदिँदा निर्माण कम्पनीले सामान आपुर्तिकर्ता ध्रुव एण्ड सन्स कन्ट्रक्सन प्रा.लिलाई भुत्तानी नदिएपछि सामान आपुर्तिकर्ताले बैकिङ्ग कसुर गरेपछि टेुक प्रहरी परिसरले निर्माण कम्पनी माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स भैरहवाका सञ्चालीका लोनिया र अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
सहकारीले निर्माण कम्पनीलाई भुत्तानी नदिँदा निर्माण कम्पनीले सामान आपुर्तिकर्तालाई पनि भुत्तानी दिन नसकेको र पटक पटक म्याद थप्दै चेकदिँदै गरेका कारण सामान आपुर्तिकर्ता ध्रुव एण्ड सन्स कन्ट्रक्सन प्रा.लिले निर्माण कम्पनीका लोनिया र अधिकारी विरुद्ध बैकिङ्ग कसुरमा कार्बाही गर्न भन्दै प्रहरीमा उजुरी गरेको थियो भने चेक वाउन्स पनि गरेको ध्रुव एण्ड सन्स कन्ट्रक्सन प्रा.लिका सञ्चालक ध्रुव चौलागाईले जानकारी दिए ।
सहकारीले माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स भैरहवालाई ठेक्का दिएको र निर्माण सम्पन्न भएको भएपनि निर्माण कम्पनीले आफुलाई भुक्तानी नदिँदा निकै समस्यामा परेका कारण आफुले उजुरी गरेको सामान आपुर्तिकर्ता ध्रुव एण्ड सन्स कन्ट्रक्सन प्रा.लिका सञ्चालक चौलागाईले बताए ।
माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स भैरहवालाई आफुले सात सय मेट्रिक टन क्षमता भएका दुई वटा शीत भण्डारका लागि रु तीन करोड १७ लाख बराबरको सामान दिएको र निर्माण व्यावसायीसंग सो अनुसार सम्झौता समेत भएको भएपनि निर्माण व्यावसायी लोनिया र अधिकारीले सम्झौता विपरित चल्दा आफुलाई बैँकले समेत तनाव दिन थालेपछि आफुले बैकिङ्ग कसुरमा कार्बाहीको उजुरी दिएको चौलागाईले बताए ।
लुम्बिनी प्रदेश सरकारको कृषि खाद्य प्रविधि तथा भूमि ब्यवस्थापन मन्त्रालय र रोल्पाको नुवागाँउ साना किसान कृषि सहकारी संस्था लिमिटेड त्रिवेणी गाउँपालिका २ दहवनमा दहवन शीत भण्डारण केन्द्र निर्माण गर्ने सम्झौता भएदेखि नै निर्माण सामाग्रीहरु आफुले नै पठाएको सामान आपुर्तिकर्ता ध्रुुव एण्ड सन्स कन्ट्रक्सन प्रा.लिका सञ्चालक चौलागाईले बताए ।
मन्त्रालयले सहकारीलाई भुक्तानी गरि सकेको भएपनि निर्माण कम्पनीले आफुलाई भुक्तानी नगरेका कारण आफुले उजुरी गरेको तर उजुरी पछि निर्माण कम्पनीका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएपछि मात्र सहकारीले उनीहरुलाई पनि भुत्तानी नगरेको पाइएको सामान आपुर्तिकर्ता ध्रुुव एण्ड सन्स कन्ट्रक्सन प्रा.लिका सञ्चालक चौलागाईले बताए ।
उनका अनुसार सामानको कुल रु तीन करोड १७ लाख भुक्तानी पाउनु पर्नेमा निर्माण कम्पनीले आफुलाई हाल सम्म जम्मा रु ६७ लाख मात्रै भुक्तानी गरेको र विभिन्न समयमा चेक दिएको भएपनि चेकमा रकम नभएपछि पटक पटक चेक फेरबदल गरेको साथै असार २४ गते चेक दिएको र सो चेक नभजे चेक बाउण्समा गए आफु स्विकार गर्ने सहमती समेत भएको थियो ।
यता,तर सहकारीका सदस्य लोक बहादुर डाँगीका अनुसार निर्माण कम्पनी माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स भैरहवालाई रु एक करोड ५० लाख रकम सहकारीले भुत्तानी गरि सकेको र अरु दिन बाँकी रहेको छ। सरकारीले विभिन्न बाहनाबाजी गर्दै कमिसन मग्दै आफ्नो रकम रोकेको निर्माण कम्पनीका सञ्चालक लोनिया र अधिकारीले प्रहरी समक्ष बयान दिएका छन् ।