Close This

तीनदिनका लागि लालबन्दीका सबै विद्यालयहरु बन्द

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-५ गते   ३१८ पटक हेरिएको

अत्याधिक चिसोका कारण लालबन्दी नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने भएको छ । केही दिनदेखि शीतलहर बढेपछि विद्यार्थीहरुलाई विद्यालय जानमा समस्या हुन थालेपछि सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्रका सबै विद्यालयहरु तीन दिनका लागि बन्द गर्ने सुचना जारी गरेको हो । 
वाक्लो हुस्सु र शितलहरको कारण जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि लालबन्दी नगरपालिकाले शुक्रवारसम्मको लागि सामुदायिक तथा निजि विद्यालयहरुमा जाडो विदा दिएको  शिक्षा शाखा प्रमुख बासुदेव तिमल्सेनाद्धारा हस्ताक्षरीत सुचनामा  उल्लेख गरिएको  छ । जाडोको समयमा बालबालिकाहरु सबै भन्दा बढ़ी प्रभावित हुने भएकोले नगरपालिका भित्र रहेका निजी तथा सामुदायिक सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख तिमल्सेनाले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech