नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको पहिलो दिनको बैठकमा १८ जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका छन् । पहिलो दिनको बैठकमा १८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।
बैठक बिहीबार बिहान ११ बजे पुन बस्ने माओवादी केन्द्रले जनाएको छ । अध्यक्ष प्रचण्डले भदौदेखि तीन महिने ‘जनतासँग पार्टी’अभियानदेखि पार्टी सुदृढ बनाउने बारे प्रस्ताव अघि सारेका छन् ।
यस्तै,बैठकमा प्रचण्डले सात लाख ५२ हजार नौ सय ५६ कार्यकर्ताको आँकडा पेश गरेका छन् । प्रतिवेदनमा कोशीमा ९९ हजार छ सय १,मधेशमा एक लाख १६ हजार नौ सय ७५, बागमतीमा एक लाख ४७ हजार तीन सय ५३,गण्डकीमा ६६ हजार छ सय ८७,लुम्बिनीमा एक लाख १२ हजार नौ सय १०, कर्णालीमा ८५ हजार सात सय ७४ र सुदूरपश्चिममा ८० हजार चार सय ८२ जना पार्टी सदस्य रहेको उल्लेख छ । विधानसम्वत् बनाउनको लागि २२ जना महिला केन्द्रीय समितिमा थप्ने,फागुनसम्ममा विशेष महाधिवेशन गर्ने पार्टी अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका छन् ।