सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगर स्थित नाखा टोलबाट एउटा भरुवा बन्दुक सहित हरिणको मासु बरामद् भएको छ।हरिपुर नगरपालिका १ जानकीनगर स्थित नाखा टोलबाट बिहीबार एउटा भरुवा बन्दुक र १५ किलो हरिणको मासु बरामद् भएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले जानकारी दिए ।
उनका अनुसार विशेष सूचनाको आधारमा डिभिजन वन कार्यालय लालबन्दी सर्लाही र सव डिभिजन वन कार्यालय जानकीनगरबाट खटिएको वनकर्मीहरुको टोलीले हरिपुर नगरपालिका १ जानकीनगर स्थित रहेको जानकी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दिनेश वि.क.को घरबाट अन्दाजी दुई किलो र स्थानीय हरिनारायण महराको घरबाट अन्दाजी १३ किलो हरिणको मासु बरामद् भएको हो भने महराको खेतबाट एउटा भरुवा बन्दुक समेत बरामद् भएको हो ।
घरबाट हरिणको मासु बरामद भए पनि सामुदायिक वनका अध्यक्ष वि.क. र स्थानीय महरा भने फरार भएका सव डिभिजन वन कार्यालय जानकीनगरका प्रमुख एवम रेन्जर प्रेम प्रकाश विष्टले जानकारी दिए ।उनका अनुसार फरार रहेकादुवै जनाको खोजीकार्य जारी रहेको साथै नियन्त्रणमा लिएको भरुवा बन्दुक र हरिणको मासु आवश्यक अनुसन्धान तथा कार्बाहीका लागि डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीमा राखिएको छ ।बरामद् भएको भरुवा बन्दुकमा टाढासम्म उज्यालो फाल्ने “टर्च लाइट” फिट गरिएकाले उक्त हतियार पेसेवर सिकारीले वनजन्तुको सिकार गर्न प्रयोग गर्दै आएको हुनसक्ने वनकर्मीहरुले आशंका गरेका छन् ।