सर्लाहीको बरहथवा नगरपालिकाको न्यायिक समितिले सेवा लिन पुगेका सेवाग्राहीहरुलाई दुव्र्यवहार गरेको गुनासो आएको छ । नगरपालिकाको न्यायिक समितिमा सेवा लिन गएको समयममा कार्यकक्ष मै नगर उप प्रमुख सहित न्यायिक समितिका सदस्यहरुले आफुलाई दुव्र्यवहार गरेका बरहथवा नगरपालिका ७ की एक सेवाग्राहीले गुनासो गरिन् ।
विगत लामो समयदेखि चलि रहेको छलफल र बहस निष्कर्षमा नपुगेपछि नगरपालिकाको न्यायिक समितिमा छलफलका लागि गएको समयमा आफु सहितका केही महिलाहरुलाई न्यायिक समितिको कार्यकक्ष मै दुव्र्यवहार भएको उनीहरुको गुनासो छ ।
२०७६ असोज ७ गते नगरपालिकाको न्यायिक समितिमा ठगि गर्ने दोषी उपर कार्बाहीको माग गर्दै बरहथवा नगरपालिका ७ का सुनिता साह,अनमिका मिश्र,सर्मिला बस्नेत सहित करिब एक सय ४४ जना महलिाहरुले निवेदन दिएका भएपनि हाल सम्म त्यसको कुनै कार्बाही प्रक्रिया सुरु नभएपछि नगरपालिकाको न्यायिक समितिमा न्याय माग्न पुगेका आफुहरुलाई न्यायिक समितिका प्रमुख नगर उप प्रमुख,नगरपालिकाको न्यायिक समितिका कानुनी सल्लाहकार महेश बराल,ब।हथवा नगरपालिका ५ का वडा अध्यक्ष शिव कुमार महतो सहितको टोलीले गालीबेइजेती तथा दुव्र्यवहार गरेका हुन ।

उनीहरुले बरहथवा नगरपालिका ७ स्थित बस्ने अनिता यादव विरुद्ध ठगी गर्ने दोषी झिकाइृ आवश्यक कार्बाही गरि पाउँ भनी निवेदन दिँदाको बखतमा हालकी नगर प्रमुख कल्पना कुमारी कटुवालको नेतृत्वमा नगरपालिकामा पुगि निवेदन दर्ता गराएको भएपनि सो विषयमा कुनै प्रतिक्रिया नआएपछि आफुहरु नगरपालिकाको न्यायिक समितिमा पुग्दा आफुहरुका समस्या सुन्नुको सट्टा उल्टै आफुहरुलाई थर्काउनुले नगर प्रमुख कटुवालले आर्थिक चलखेल गरेको निवेदन दिने महिलाहरुको आरोप छ ।
उनीहरुले स्थानीय स्तरमा महिला समुह बनाई सानो सानो रकम संकलन गरेर जम्मा गरेको ३ करोड ५१ लाख रकम स्थानीय अनिता यादवले अनियमितता गरेकी कारण सो समस्या समाधान गर्न तत्कालीन नगर प्रमुख देवानन्द महतो नगर प्रमुख रहेको समयमा हालकी नगर प्रमुख कटुवालले आफुहरुलाई उक्साएर निवेदन दिन लगाएकी भएपनि हाल उनी आफैँ नगर प्रमुख हुँदा पीडक पक्षसंग ठुलो रकम कमिसन लिएर आफुहरुलाई न्यान नदिने चेष्टा गरेकी प्रष्ट हुने पीडित महिलाहरुको आरोप छ ।
आफुहरुले अनितासंग गरेको कारोवारको सबै फेयरिस्त हरहिसाब सहित निवेदन दिएको भए पनि नगर प्रमुख कटुवाल र नगरपालिकाको न्यायिक समितिले आफुहरुलाई न्याय नदिन खोजेको भन्दै उनीहरुले गुनासो गरेका छन् ।
पहिला नगरपालिकामा निवेदन दिएको र सो निवेदन जिल्ला प्रशासन कार्यालयमा पठाइएको फेरी त्यहाँबाट नगरपालिकामा नै छलफल गर्नु गराउनु भनी पठाएको नगरपालिकाले उद्योग बाणिज्य संघ बरहथवामा पठाएको र त्यहाँबाट पनि फेरी सो निवेदन फिर्ता गरिएको र नगरपालिकाको न्यायिक समितिले छलफलको माध्यामबाट समस्या समाधान गर्नुको सट्टा उल्टै आफुहरुलाइृ दुव्र्यवहार गरेपछि आफुहरुले न्याय नपाउने सम्भावना बढेको निवेदन दिएका महिलाहरुको गुनासो छ । अनीताले गाउँ समाजकबो हिसाब किताब सम्बन्धी समस्या समाधान नगरेपछि पीडित बनेका ३÷४ जनाले ज्यान समेत गुमाएका निवेदन दिन महिलाहरुको भनाई छ ।
सो विषयमा छलफल गर्न भन्दै १२ जनाको कार्यदल समेत बनाएर आवश्यक छलफल गरि निवेदन दिएका महिलाहरुको कति कति रकम तिर्नु पर्ने भनने एकिन गरि सकेको भएपनि नगरपालिकाले पीडिक अनितासंग ठुलो रकम कमिसन खाएका कारण आफुहरुको समस्यालाई नगरपालिकाकी नगर प्रमुख कटुवाल र न्यायिक समितिले मजाकको रुपमा लिएको उनीहरुको आरोप छ ।