सर्लाहीमा “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान"सुरु

एसपि गौरव    प्रकाशित: २०८०-५-१६ गते   २६२ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र)ले राष्ट्रव्यापी सुरु गरेकाे “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान" शनिबार सर्लाहीका २० स्थानीय तहका दुईसय वटा वडामा एकैसाथ सुरु  भएको छ ।जिल्लाका ११ नगरपालिका र ९ गाउँपालिकाका सबै दुई सय वटै वडामा अभियान एकै पटक सुरु गरिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्र सर्लाहीले अभियानकाे सुरुवात गर्नु पुर्व अभिमुखिकरण कार्यक्रम गरेकाे थियाे । 
त्यस पश्चात  शनिबार दुईसय  वटै वडामा एकसाथ अभियानको शुभारम्भ गरिएको माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज राजु खड्काले बताए ।
उनका अनुसार पालिका तथा वडा स्तरमा रहेका नेता कार्यकर्ताले आ-आफ्नो स्थानमा भेला भएर शनिबार अभियानको सुभारम्भ गरेका छन् । ३ महिने अभियान अन्तर्गत माओवादी केन्द्रले पछिल्लो समय चालेको कदम,सरकारका गतिविधिलगायतबारे आम जनतालाई प्रष्ट पार्ने, सदस्यता नविकरण गर्ने,मतदाता भेटघाट गर्ने साथै संगठनलाई थप मजवुत बनाईने जिल्ला इन्चार्ज खड्काले बताए ।
मधेश प्रदेशकाे सर्लाही सहित सबै जिल्लामा पार्टीका नेता कार्यकर्ता विच अन्तर द्वन्द कायमै रहेकाे छ । भने भातृ तथा शुभेच्छुक संगठनहरुमा पनि विवाद  देखिएकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech