ब्रम्हपुरी ५ स्थित सखुअवाबाट २० किलाे गाँजा बरामद्

588 Shares

गणेश खड्का
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-५ स्थित सखुअवाबाट २० किलो लागू औषध गाँजासहित एउटा भारतीय मोटरसाइकल शसस्त्र प्रहरीले बरामद गरेको छ। 
ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुअवाबाट बिआर ३० डी ५८८५ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको ४ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल विओपी सखुअवाले नियन्त्रणमा लिएको  शस्सत्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीले जनाएको छ।
शसस्त्र प्रहरीका अनुसार सशस्त्र प्रहरीलाई देख्नासाथै मोटरसाइकल सोही ठाउँमा छाडेर चालक फरार भएका थिए।

सम्बन्धित समाचार