ट्रकको ठक्करबाट एक महिलाको मृत्युपछि अवरुद्ध राजमार्ग ७ घण्टापछि सञ्चालन

गणेश खड्का    प्रकाशित: २०८०-५-७ गते   २५० पटक हेरिएको

पुर्व पश्चीम राजमागए अन्र्तगत रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित पौराहीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयले ७ घण्टा अवरुद्ध पारेको पूर्वपश्चिम राजमार्ग खुलाउने क्रममा पीडित र स्थानीयले प्रहार गरेको ढुंगामुडा लागेको ईलाका प्रहरी कार्यालय चपुरका प्रहरी नाउव उपरिक्षक एकनारायण कोईराला घाईते भएका छन् ।
बिहीबार दिउँसो करिब साँढे ११ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका १ की अन्दाजी वर्ष ५५ की होममाया मगर(विमला)को घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि मृतकका आफन्त र आक्रोशित स्थानीयले ट्रकमा आगजनी गर्नुका साथै आगो निभाउन चपुरबाट आएको ना १ झ ६८८ नम्बरको वारुणयन्त्रमा पनि स्थानीयले ढुंगा प्रहार गरेर क्षति पु¥याएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बिहीबार दिउँसो करिब १२ बजेदेखि बेलुका करिब ८ बजे सम्म करिब ७ घण्टा मृतकमा आफन्त र स्थानीयले पुर्व पश्चीम राजमार्ग अवरुद्ध गरेका प्रहरीले जनाएको छ ।
आक्रोसित पीडित पक्ष र स्थानीयले ढुंगामुडा गर्न थालेपछि प्रहरी नायव उपरिक्षक कोइरालाको हातमा र वारुणयन्त्रका चालक बस्नेतको अनुहारमा समान्य चोट लागेको प्रहरीले जनाएको छ ।अनुसन्धान नसकिँदासम्म शवको पोस्टमार्टम नगर्ने,पीडित पक्षसँग क्षतिपूर्तिको सम्बन्धमा सहमति नभए पुनःआन्दोलन गर्ने र ट्रकले ब्याक गरेर किचेको सम्बन्धमा गहिरिएर अनुसन्धान गर्ने सहमति भएपछि पीडितले राति घटनास्थलबाट शव उठाएका चन्द्रपुर नगरपालिका १ का वडा अध्यक्ष बलराम राउतले जानकारी दिए । त्यसपछि सवारी सञ्चालन भएको प्रहरीको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech