Close This

सर्लाहीमा भदौ ७ सम्म निषेधाज्ञा जारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-३२ गते   ६११ पटक हेरिएको

सर्लाहीमा साउन २६ गतेदेखि एक साताका लागि जारी गरिएको निषेधाज्ञाको समय आज सकिँदै छ । समुदाय स्तरमै संक्रमण फैलिए पछि स्थिति थप भयावह हुन नदिन भन्दै निषेधाज्ञा जारी गरिएको हो । आज राती १२ बजेपछि निषेधाज्ञाको समय सकिने भएकाले जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको आज दिउँसो बसेको बैठकले फेरी भदौ७ गते सम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
एक हप्ताको बीचमा जिल्लामा थुपै्र संक्रमित थपिएकाले निषेधाज्ञा पुनः थपिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी  सुरेन्द्र पौडेलले बताउनु भयो । अहिलेसम्म प्राप्त राय सुझावमा निषेधाज्ञा थप्नु पर्ने पक्षधर नै धेरै देखिएको भदौ ७ सम्मका लागि निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
आज दिउँसोको बैठकमा सुरक्षा प्रमुख, राजनीतिज्ञ, स्वास्थ्यविज्ञ सबै बसेर अवस्था मूल्यांकन गरी निषेधाज्ञा थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।निषेधाज्ञा जारी भएदेखि जिल्लामा कार्यालय, बैंक तथा वित्तीय संस्था, हाटबजार र मानिसको धेरै भीडभाड हुने ठाउँहरु बन्द गरिएका छन् ।

समुदाय स्तरमा संक्रमणको अवस्था थाहा पाउन जिल्लाका स्थानिय निकायहरुले आ–आफ्नो ठाउँमा परीक्षणको दायरा पनि बढाउँदै लगिरहेका छन् । तर कतिपय बजारहरुमा अहिले पनि डेरीको नाममा किराना पसलहरु तथा खाजाघरहरु खुलेआम रुपमा सञ्चालीत रहेका छन । भने लालबन्दीको तरकारी बजार पहिला झैँ निर्वाध रुपमा खुली रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech