Close This

कालोबजारी नियन्त्रण गर्न महासंघ मधेश प्रदेशको आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१३ गते   ११८० पटक हेरिएको

चाडवाड नजिकिँदै गर्दा नेपाली उपभोक्ता संरक्षण महासंघले कालोबजारी, मूल्य वृद्धि एवम गुणस्तरहीन वस्तुको विक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरेको छ । गुणस्तरहीन खाद्यान्न, मुल्य वृद्धिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको नेपाली उपभोक्ता संरक्षण महासंघ मधेश प्रदेशका अध्यक्ष प्रमोद थपलियाले बताउनु भयो ।
महासंघ मधेश प्रदेशका अध्यक्ष थपलियाले सरकारले कालोबजारी,मूल्य वृद्धि एवम गुणस्तरहीन वस्तुको विक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गर्नुभयो । उहाँले नेपाली उपभोक्ता धेरै विषय वस्तुमा ठगिनु परेको टिप्पणी गर्दै कालोबजारी नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
दिनहुँ हुने कालोबजारी,मुल्य वृद्धिबारे जनता सचेत हुनुपर्ने बेला आएको बताउँदै उपभोक्ता विरुद्ध लाग्ने जो सुकैलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पक्षसँग महासंघ मधेश प्रदेशका अध्यक्ष थपलियाले आग्रह गर्नुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech