बागमती युवा क्लब ठोरी गोल्ड कप २०८० को तेस्रो संस्करणको फाइनलमा प्रवेश

एसपि गौरव    प्रकाशित: २०८०-७-२ गते   ११६८ पटक हेरिएको

सर्लाहीको बागमती युवा क्लब ठोरी गोल्ड कप २०८० को तेस्रो संस्करणको बिहीबार भएको पहिलो सेमिफाईनल खेलमा निर्मल समाज युवा क्लब ठोरी गाउँपालिका ४ पर्सालाई सडनडेथमा पराजीत गर्दै फाईनलमा प्रवेश गरेको छ ।बिहीबार ठोरी गाउँपालिका ४ पर्साको बिजयबस्ती खेल मैदानमा भएको पहिलो सेमीफाईनल खेलमा बागमती युवा क्लब सर्लाहीले निर्मल समाज युवा क्लब ठोरी ४ पर्सालाई सडनडेथमा ११–१० गोल अन्तरले पराजीत गर्दै फाईनलको यात्रा तय गरेको बागमती युवा क्लबका सचिव एवम बागमती नगर खेलकुद विकास समितिका सह संयोजक कुमार प्रधानले जानकारी दिए ।

उनका अनुसार बागमतीले निर्मल समाज युवा क्लब ठोरी ४ पर्सा विरुद्ध निकै आक्रमक खेल प्रस्तुत गरेको थियो ।तर निर्धारित समयमा कुनै टिमबाट गोल हुन नसकेपछि खेललाई ट्राईबेकरमा लगिएको भएपनि ट्राईबेकरमा पनि बराबरी भएपछि खेललाई सडनडेथमा लाँदा बागमतीले निर्मल समाज युवा क्लब ठोरी ४ पर्सालाई ११–१० गोल अन्तरले पराजीत गर्दै आफ्नो फाईनलको यात्रा तय गरेको हो ।ठोरी गोल्ड कप २०८० को तेस्रो संस्करणको खेलमा शुक्रबार हुने दोस्रो सेमिफाईनलबाट विजेता बनेको टिमसंग बागमतीले कार्तिक ६ गते सोमबार फाईनल खेल खेल्ने आयोजकले जनाएको छ ।ठोरी गोल्ड कप २०८० को तेस्रो संस्करणको विजेतालाई नगद रु ३ लाख र उप विजृतालाई नगद रु १ लाख ५० हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।

मोफसलमा रहेर बागमती युवा क्लब सर्लाहीले विभिन्न प्रतियोगीताहरुमा ए डिभिजन लिगका च्याम्पीएन टिमहरुलाई समेत पराजित गरि सकेको छ भने पछिल्लो समयमा यु–१९ का राष्ट्रिय प्रशिक्षक एवम ए डिभिजन लिग क्लब जावलाखेल युवा क्लबका प्रशिक्षक समेत भएर लामो समय काम गरेका सुनिल श्रेष्ठलाई टेक्निकल डाईरेक्टरको रुपमा बागमती युवा क्लबले भित्र्याएको बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।उनका अनुसार बागमती युवा क्लबको आफ्नै छुट्टै पहिचान रहेको र आफ्नै खेल मैदान,क्लबको बस,स्पोट एकेडेमी समेत छ भने बागमती युवा क्लबलाई बागमती नगरपालिकाले अभिभावकत्व गरि रहेको छ । बागमती युवा क्लबले मधेश प्रदेश कै सर्वाधिक धनराशीको राजर्षि जनक कप फुटबल प्रतियोगीता हरेक वर्ष सञ्चालन गर्दै आएको छ ।
खेलकुदको माध्यामबाट पहिचान तथा सम्बन्धहरु विस्तार हुनुका साथै गैर कानुनी कार्यमा लाग्ने युवाहरु खेलकुदमा संग्लग्न हुँदा त्यस प्रकारका काममा लाग्न नपाउने जसका कारण समाजमा विकृति विसंगति नफैलिने भएकाले खेलकुदलाई प्राथमिकता दिएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताए ।उनका अनुसार नयाँ÷नयाँ खेलाडीहरु उत्पादन हुने साथै खेलाडीहरुको मनोबल बढाउन पनि समय समयमा यस प्रकारका प्रतियोगीताहरु भई रहनु आवश्यक छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech