Close This

हरिवनमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगीता सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२९ गते   २८६ पटक हेरिएको

सर्लाहीको हरिवनमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । हरिवन नगरपालिका ६ स्थित जनसेवा माध्यमिक विद्यालयको प्राङ्गणमा ५८ औं राष्ट्रिय बाल दिवशको अवसरमा वक्तृत्वकला प्रतियोगीता कार्यक्रम सम्पन्न भएको हो ।
हरिवन नगरपालिकाको आर्थिक सहयोग र सहयोगी समाज नेपाल, हेल्भेटास र युरोपिएन युनियन (प्रोएल) को सहकार्यमा ५८ औं राष्ट्रिय बाल दिवशको अवसरमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको युथ प्यानलका अध्यक्ष दिपेन्द्र महतोले जानकारी दिनु भयो ।
कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख (मेयर) कमल बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । आयोजक युथ प्यानलका अध्यक्ष दिपेन्द्र महतोको अध्यक्षता रहेको कार्यक्रममा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, सहभागी बिद्यालका शिक्षक, बिद्यार्थी र युथ प्यानलका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बिजयीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । उहाँका अनुसार प्रतियोगीतामा हरिवन नगरपालिकाका ५ वटा विद्यालयको सहभागीता रहेको थियो ।
५८ औं राष्ट्रिय बाल दिवशको अवसरमा यस वर्षको नारा ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार,उत्तरदायि सरकार’ भन्ने रहेको छ । ५८ औं राष्ट्रिय बाल दिवशको अवसरमा भएको वक्तृत्वकला प्रतियोगीतामा हरिवन नगरपालिका ८ को महादेव जनता माध्यमिक विद्यालयकी छात्रा सुजाता खनाल प्रथम र छात्र उत्सव आचार्य द्वितिय भएका युथ प्यानलले जनाएको छ ।
त्यसैगरि जनसेवा माबिकी उर्मिला गोलेले तृतिय पुरस्कार प्राप्त गरिन भने राम अवतार माबिका छात्र गौरव प्रसाद साहले सान्त्वना पुरस्कार पाएका आयोजक युथ प्यानलले जनाएको छ । वक्तृत्वकला प्रतियोगीतामा युथ प्यानल हरिवनका अध्यक्ष महतोको अध्यक्षता तथा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हरिवन नगरपालिकाकी उप प्रमुख हरिमाया घलान,सहभागी बिद्यालका शिक्षक,विद्यार्थी र युथ प्यानलका सदस्यहरुको सहभागीता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा विजयीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech