सिमा प्रहरी चौकी बलराको गस्ती टोलीले ठूलो परिमाणमा ‘सिलप्याक’ मदिरा बरामद् गरेको छ । ६ सय कार्टुन सोफी नामक ‘सिलप्याक’ मदिरा बरामद् गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
जिल्लाको दक्षिण–पश्चिम बलरा नगरपालिका–१ स्थित भारत र नेपालको दशगजा क्षेत्रबाट भारत तर्फ भन्सार चोरी निकासी गरी लैंजादै गरेको अवस्थामा प्रहरीले उक्त मदिरा बरामद् भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनु भयो । गस्तीमा रहेको प्रहरी टोलीलाई देख्ने वितिकै तस्कर समूह भने फरार भएका प्रहरीले जनाएको छ ।
बरामद् मदिरा ३ लाख ६१ हजार मुल्य बराबरको भएको प्रहरीले जनाएको छ । शुक्रबार राती बरामद् गरिएको मदिरा शनिबार नै भन्सार कार्यालयलाई बुझाई सकिएको प्रहरी उपरीक्षक पोखरेलले बताउनु भयो ।
कोरोना भाईरस संक्रमण रोक्न भन्दै दुवै देशले सिमा भएर आवतजावतमा कडाई गरेपनि तस्करी कार्यभने जारी नै रहेको छ । तर प्रहरीले भने सिमाक्षेत्रमा सकेसम्म आवतजावतमा कडाई गरेको बताएको छ ।