Close This

कोरोना हेथ्ल डेस्क बिनै सर्लाहीमा सईई परीक्षाको तयारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-४ गते   २८२ पटक हेरिएको

माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षामा सर्लाही जिल्लाबाट १० हजार १ सय ५१  परीक्षार्थी सहभागी हुने भएका छन्। आगामी चैत ६ गतेबाट शुरू हुने यस वर्षको एसईई परीक्षामा जिल्लाबाट  १० हजार १ सय ५१ जना छात्रछात्रा सहभागी हुने भएका हुन्। जसमध्ये ४ हजार ९ सय ९४ छात्र र ५ हजार १ सय ५७ जना छात्रा परीक्षार्थीले इसईई परीक्षा दिँदै छन्। 
यस वर्ष परीक्षामा जिल्लाका ९० सामुदायिक विद्यालय, ४५ वटा निजी र प्राविधिक ६  विद्यालयका गरी कुल १ सय ४१ वटा विद्यालयका परीक्षार्थी सहभागी हुने शिक्षा समन्वय एकाइ सर्लाहीका प्रमुख रामआधार कुशवाहले जानकारी दिनुभयो। ग्रेडवृद्धिका लागि २ सय ७ जना परीक्षार्थी परीक्षामा सहभागी हुने छन भने प्राविधिक तर्फ २ सय ५ जना विद्यार्थीहरु सहभागी हुने शिक्षा समन्वय एकाइ सर्लाहीका नाशु दिपकराज काफ्लेले बताउनु भयो ।
जिल्लामा ३५ वटा  परीक्षा केन्द्र रहने साथै एसईइ परिक्षाको तयारी पुरा भएको काफ्लेले जानकारी दिनु भयो । परीक्षालाई मर्यादीत बनाउन अनुगमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाइएको शिक्षा समन्वय एकाइ सर्लाहीका प्रमुख कुशबाहले जानकारी दिनु भयो ।
जिल्लाका सबै प्राविधिक धार र ग्रेड बृद्धिका परिक्षार्थीहरुको परिक्षा कृष्णादेवी जन्तामावि मलंगवामा हुने छ । नेपाल सरकारले महामारीको रुपमा फैलीएको (कोभिड–१९)  कोरोना भाईरसको संक्रमण नहोस भन्नका लागि देशभरका एसईई सबै परिक्षा केन्द्रहरुमा हेल्थ डेस्क राख्ने तयारी गरेको भएपनि सर्लाहीमा भने त्यसको तयारी नभएको पाईएको छ ।
 परिक्षा केन्द्र भएका स्थानिय निकायका वडाहरुमा हेल्थ डेस्क स्थापना गर्न केन्द्र सरकारले निर्देशन दिएको भएपनि सर्लाहीमा भने त्यसको तयारी नभएको पाईएको हो । नाशु काफ्लेका अनुसार केन्द्र सरकारको निर्देशन आएको तर जिल्लामा बसेर छलफल भएको छैन । अब २÷३ दिन बाँकी छ एसइइ परिक्षा सुरु हुन यो बीचमा छलफल हुनेमा आफु विश्वस्त रहेको नाशु काफ्लेले बताउनु भयो । परिक्षा सञ्चालनका लागि जिल्लाका सबै परिक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याई सकेको शिक्षा समन्वय एकाइ सर्लाहीले जनाएको छ । परिक्षा सञ्चालनका लागि केन्द्रा अध्यक्षहरुलाई अभिमुखिकरण तालीमको व्यावस्था हुन बाँकी रहेको छ भने भए रहित,शान्तपुर्ण र व्यावस्थीत रुपमा सञ्चालन गर्न तयारी भई रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनु भयो । जिल्लामा यसवर्ष बेला मनहर्वा माध्यामिक विद्यालय  ईश्वरपुर र जन्ता नमुना माध्यामिक विद्यालय सिमरा भगवतीपुरमा नयाँ परिक्षा केन्द्र कायम गरिएको ईकाई प्रमुख कुशवाहले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech