सर्लाहीको लालबन्दी नगरपालिका १७ की एक महिलालाई ठगी सम्बन्धी कसुरमा सर्लाही प्रहरीले पक्राउ गरेको छ ।लालबन्दी नगरपालिका १७ की अन्दाजी वर्ष ३२ की लक्ष्मी कुमारी महतोले हरिपूर्वा नगरपालिका ५ का एक किशोरलाई नेपाल प्रहरीमा जागिर लगाइ दिने भन्दै करिब तीन लाख रकम ठगी गरेको भन्दै जाहेरी परेपछि महत्तोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार हरिपूर्वा नगरपालिका ५ का अन्दाजी वर्ष २१ शिवम कुमार यादवलाई प्रहरी सेवामा भर्ती गराइदिने प्रलोभन देखाएर पटक–पटक गरी रु दुई लाख ७५ हजार ठगी गरेपछि ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा यादवले जाहेरी दिएपछि लालबन्दी नगरपालिका १७ की महतोलाई पक्राउ गरिएको हो ।पक्राउ परेकी महत्तोलाई जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ ।