करिब साँढे छ लाखको चाँदी सशस्त्र प्रहरीको नियन्त्रणमा

एसपि गौरव    प्रकाशित: २०८०-७-२५ गते   ३०४ पटक हेरिएको

सर्लाहीको बलरा नगरपालिका ३ लक्ष्मीपुर स्थित नेपाल भारत सिमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब साँढे ६ लाख बराबरको चाँदी बरामद् गरेको छ ।बलरा नगरपालिका ३ लक्ष्मीपुर स्थित नेपाल भारत सिमा क्षेत्रबाट लुकाई छिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा पुगेको सशस्त्र प्रहरी वल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाही र सशस्त्र प्रहरी सिमा सुरक्षा बल वोर्डर आउट पोष्ट छतौनाको टोलीले अन्दाजी साँढे पाँच किलो चाँदी सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी वल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाही र सशस्त्र प्रहरी सिमा सुरक्षा बल वोर्डर आउट पोष्ट छतौनाबाट संयुक्त रुपमा खटिएको सशस्त्र प्रहरी टोलीले बलरा नगरपालिका ३ लक्ष्मीपुर स्थित नेपाल भारत सिमा क्षेत्रबाट अन्दाजी ५ किलो ३ सय ५३ दशमलव १ सय ग्राम चाँदी सहित रौतहटको यमुनामाई गाउँपालिका २ का अन्दाजी बर्ष २१ का शेख असिम आलम र भारतको सितामढी,रिगा ग्राम पञ्चायत ८ का अन्दाजी बर्ष २६ का धर्मेन्दर कुमार साहलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी वल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरिक्षक तुल बहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार विशेष सूचनाको आधारमा संयुक्त रुपमा खटिएको सशस्त्र प्रहरी टोलीले नेपाल भारत सिमा क्षेत्रबाट अन्दाजी ५ किलो ३ सय ५३ दशमलव १ सय ग्राम चाँदी सहित रौतहटको यमुनामाई गाउँपालिका २ का अन्दाजी बर्ष २१ का शेख असिम आलम र भारतको सितामढी,रिगा ग्राम पञ्चायत ८ का अन्दाजी बर्ष २६ का धर्मेन्दर कुमार साह सहित उनीहरुले प्रयोग गर्ने विआर ३० एएफ ६८७० नम्बरको भारतीय मोटरसाईकल चेकजाँच गर्ने क्रममा लुकाई छिपाई भन्सार छली ल्याउदै गरेको अवस्थामा उक्त चाँदी र नेपाली नगद रु ५० हजार बरामद भएको हो ।
 चाँदीको बुनिया,रड र बालाको स्वरुपमा ल्याईएको उक्त चाँदीको अन्दाजी मुल्य र ६ लाख ४७ हजार १ सय ८ बरावरको रहेको छ ।नियन्त्रणमा लिएको चाँदी,नगद मानिसहरु र सवारी साधनलाई आवश्यक कार्बाहीको लागि सर्लाही भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।चाडपर्वको समयमा सिमा क्षेत्रबाट हुने गैर कानुनी र अपराधिक गतिविधिहरु न्युनिकरण गर्न सशस्त्र प्रहरीले गस्तीलाई थप बढाएपछि पछिल्ला दिनहरुमा भन्सार छलीका विभिन्न सामानहरुका साथै लागु औषध,गरगहनाहरु लगातार बरामद् भई रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech