सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित

449 Shares

नेपाल सुनचाँदी व्यवसायीको अन्दोलन स्थगित भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल तथा संवादबाट उत्पन्न समस्या समाधान गर्न आश्वासन दिएपछि सुनचाँदी व्यवसायीहरुले आफ्ना अन्दोलनका कार्यक्रमहरु स्थगित गरेका नेपाल सुनचाँदी व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष रमेश रसाईलीले जानकारी दिए ।उनका अनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय समिति काठमाडौँ र रत्न आभूषण संघ केन्द्रीय समिति काठमाडौँ सहित देशभर कै सुनचाँदी व्यवसायीहरुले सुनको गहनामा वृद्धि गरिएको कर खारेज गर्नुपर्ने माँग राखेर जेठ२९ गतेबाट आन्दोलन सुरु गरेका थिए ।
सुन आयातमा १० प्रतिशत भन्सार महशुल लिई रहेको नेपाल सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट मार्फत सुनको हरेक गहनाको बिक्रीमा दुई प्रतिशत बिलासी कर र हिरा जवाहरात र पत्थर जडान गरिएको सुनको गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु गरेपछि देशभरका सुनचाँदी व्यवसायीहरु आन्दोलीत भएका नेपाल सुनचाँदी व्यवसायी संघ मोरङका अध्यक्ष शशि भुषण साहले बताए।उनका अनुसार प्रधानमन्त्री ओलीको आश्वासन पछि आन्दोलनको सबै कार्यक्रम स्थगित गरिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी र सरकारका प्रतिनिधि बिच हुने छलफल र संवादबाट सुनमा नयाँ तरिकाले कर नीति लागु हुने सुनचाँदी व्यवसायीहरुको अपेक्षा रहेको छ ।संघीय र प्रदेश सरकारका साथै विभिन्न राजनीतिक दलहरु मार्फत सरकारलाई आफ्ना मागहरु राखेर पसल बन्द गरेर आन्दोलनमा उत्रिएका सुनचाँदी व्यवसायीहरुले प्रधानमन्त्री ओलीको आश्वासनपछि आन्दोलनको कार्यक्रम स्थगित गरेका हुन ।

सम्बन्धित समाचार