Close This

एक साताभित्र प्रहरी समायोजन गर्न मधेश प्रदेश सरकारको माग,मागलाई वेवास्था गरिए शान्तीपूर्ण अहिंसात्मक आन्दोलन गर्ने चेतावनी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-२२ गते   ४८४ पटक हेरिएको

मधेश सरकारले प्रदेश प्रमुख मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो । प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न मधेश सरकारले प्रदेश प्रमुख मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो ।
मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरत प्रसाद साहको नेतृत्वमा गएको मन्त्रीहरु सहितको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको गृह तथा संचार मन्त्री साहका स्वकीय सचिव कृतिक श्रेष्ठले जानकारी दिनु भयो ।
उहाँका अनुसार नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको ब्यवस्था गरेको तथा अनुसुचि ६ को क्रम संख्या १ मा प्रहरी,शान्ती सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेपनि प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नसकेको हुँदा अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न ध्यानाकर्षण पत्र मार्फत आग्रह गरिएको छ ।
प्रहरी हस्तान्तरणको लागि प्रधानमन्त्रीलाई यसअघि नै ज्ञापन पत्रसमेत बुझाई सकेको स्मरण गराउँदै मधेश सरकारले एक साताभित्र प्रहरी समायोजन नगरिए शान्तीपूर्ण अहिंसात्मक आन्दोलन गर्न वाध्य हुने ध्यानाकर्षण पत्र मार्फत चेतावनी समेत दिइएको गृह तथा संचार मन्त्री साहले जानकारी दिनु भयो ।
उहांका अनुसार मधेश सरकारको आयोजनामा जनकपुरधाममा सम्पन्न ६ वटा प्रदेशको गृहमन्त्री स्तरीय भेलाले यथाशीघ्र समायोजन हुनुपर्ने मागसहितको घोषणा पत्र समेत जारी गरेको थियो । 
ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, कृषिमन्त्री विजय कुमार यादव,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री सत्रुधन महतो, खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा सहितका मन्त्रीहरुको सहभागीता रहेको थियो । ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख मिश्रले ध्यानाकर्षणपत्र प्रधानमन्त्री कार्यालयमा यथासिघ्र पठाउने बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech