सर्लाहीको गौडेता नगरपालिका ५ स्थित रामवनमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।गोडैता नगरपालिका ५ स्थित रामवनका अन्दाजी वर्ष १७ का अमलेख ठाकुर आफ्नै घरमा मोबाईल चार्ज गर्ने क्रममा एक्कासी करेन्ट लागि बेहोस भई उपचारको लागि प्रादेशिक अस्पताल मंलगवा सर्लाही लगिएको भएपनि त्यहाँ चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मलंगवा सार्लहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
यता,सर्लाहीको ब्रहम्पुरी गाउँपालिका १ मा धान काट्ने क्रममा माहुरीको टोकाईबाट छ जना घाईते भएका छन् ।ब्रहम्पुरी गाउँपालिका १ मा धान काट्ने क्रममा खेत नजिक रहेको बाँसको झ्याङगमा रहेको माहुरीले टोकी सोही ठाउँका अन्दाजी बर्ष ७० का लक्ष्मण पासवान,अन्दाजी वर्ष ५५ की निरु देवी पासवान,अन्दाजी वर्ष २५ का जित पासवान,अन्दाजी वर्ष २४ की बवी देवी पासवान,अन्दाजी वर्ष ११ की प्रिति पासवान र अन्दाजी वर्ष ६ का प्रितम पासवान बिरामी भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ।प्रहरीका अनुसार माहुरीको टोकाईबाट बिरामी भएका निरु,जित,बवी, प्रिति र प्रितम प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा उपचार पछि घर फर्किएका भएपनि अन्दाजी बर्ष ७० का लक्ष्मणलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
त्यसैगरी,सर्लाहीको बिष्णु गाउँपालिका १ बारा उधोरणमा जङ्गली जनावर घोडसौम्य मृत अवस्थामा फेला परेको छ।बिष्णु गाउँपालिका १ बारा उधोरणमा घोडसौम्य मृत अवस्थामा फेला परेपछि प्रहरीले वनकर्मीहरुलाई जानकारी गराई घोडसौम्यको लासलाई व्यावस्थापन गरी आवश्यक अनुसन्धान सुरु भएको सव डिभिजन वन कार्यालय मलंगवाले जनाएको छ ।