Close This

जिप्रका सर्लाहीले सुरु गर्यो कार्यालय परिसरबाटै हुलाक टिकट

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-५ गते   १९९ पटक हेरिएको

cdo office

मेनुका कुमारी पौडेल


जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालय परिसर भित्रै हुलाक टिकट काउन्टर राखेको छ । जिल्ला प्रशासन परिसरमै हुलाक टिकटबाट सेवाग्राही ठगिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालय परिसरभित्रै हुलाक टिकट काउन्टर स्थापना गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्देव यादवले जानकारी दिए ।उनका अनुसार जिल्ला हुलाक कार्यालय सर्लाहीसँग समन्वय गरी कार्यालय परिसरमै हुलाक काउन्टर सञ्चालनमा ल्याइएको हो । 
उक्त हुलाक काउन्टरबाट सेवाग्राहीले सरल मूल्यमा हुलाक टिकट खरिद गर्न सक्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत राजकुमार थापाले जानकारी दिए । उनका अनुसार हुलाक टिकट बिक्रीकै लागि जिल्ला हुलाक कार्यालयले काउन्टरमा एक जना कर्मचारी समेत खटाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा विभिन्न सिफारिस,नागरिकता,राहदानीलगायतको काम लिएर आउने सेवाग्राहीले रु १० को हुलाक टिकटलाई बाहिरका पसलमा रु २५ सम्म तिनु पर्ने गरेको गुनासो गरेका र त्यही गुनासोलाई सम्बोधन गर्न  कार्यालय परिसर मै हुलाक टिकट काउन्टरको स्थापना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै कार्यालय बाहिर हुलाक टिकट बिक्री भइरहेको पाइएकाले त्यसरी अनाधिकृतरुपमा हुलाक टिकट बिक्री वितरण नगर्न स्थानीय व्यपारीहरुसंग आग्रह समेत गरेको छ । कार्यालयको सुचनालाई वेवास्था गरि हुलाक टिकट बिक्री वितरण गरेको पाइए प्रचलित कानून बमोजिम कारवाही हुने कार्यालयले जनाएको छ । जिल्लामा जिल्ला प्रशासन कार्यालय सहित इलाका प्रशासन कार्यालय हरिवन र ईलाका प्रशासन कार्यालय बरहथवा गरी तीन स्थानबाट प्रशासनीक कार्य सञ्चालन भई रहेको छ । अब ईलाका प्रशासन कार्यालय हरिवन र बरहथवामा भने कार्यालय बाहिरकै पसलबाट खुलेयाम अनाधिकृत रुपमा  हुलाक टिकट बिक्री वितरण भइरहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech