निर्माणाधिन पुल चैत्ते बाढीले बगायो

1.8k Shares

सिन्धुलीको दुधौली नगरपालिका ८ कुम्राहा खोलामा निर्माणाधिन पुलमा क्षेती पुर्‍याएको छ ।लगातार परेको पानीका कारण  खोलामा आएको बाढीले डाँडाटोल–वसाहा जोड्ने ढलानको तयारीमा रहेको पुलको फर्मा ढालेर क्षती गरेको स्थानीय बासिन्दाले बताएका छन ।

नगरपालिकाकै आन्तरिक श्रोत एक करोड रुपैयाको लागतमा उक्त पुल निर्माणाधिन अवस्थामा रहेको थियो । लकडाउनका बीच बैशाख मसान्तसम्म ढलान सक्ने तयारी रहेको र बाढीले क्षेती हुँदा निर्माण अवरोध भएको छ । निर्माणाधिन पुल चैत्ते बाढीले बगाएको हो  ।

कमला नदीमा निर्माणाधिन पुलको सामाग्री समेत बाढीले बगाएको स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार