Close This

हरिपुर्वा नगरपालिकाको कुन वडामा कुन पार्टी निर्वाचित ?

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१४ गते   २२० पटक हेरिएको

हरिपुर्वा नगरपालिकाको नगर प्रमुख र उप प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।हरिपुर्वा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका विनोदकुमार साह तेली ५ हजार ९९ मत ल्याउँदै निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका योगनारायण रायले ३ हजार ४ सय ९५ मत पाउनु भयो ।
यस्तै उप प्रमुखमा पनि नेपाली कांग्रेसकी उम्मेदवार सुमित्रा देवी ग्वारनी ४ हजार ३ सय ९१ मत प्राप्त गर्दै निर्वाचित हुँदा उहाँकी निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी सुनितादेवी यादवले ३ हजार ४ सय मत पाउनु भयो ।
९ वटा वडा रहेको हरिपुर्वा नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका श्याम बाबू राय ३ सय ७५ मत, वडा नम्बर २ मा लोसपाका दिनेश राय यादव ६ सय ६२ मत, वडा नम्बर ३ मा जसपाका प्रमोद कुमार राय ८ सय ६ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका नोखेलाल राय यादव ७ सय १२ मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका विजय भुषण प्रसाद शाह ७ सय २५ मत, वडा नम्बर ६ मा जसपाको राम सोगारथ राय यादव ३ सय ८४ मत, वडा नम्बर ७ मा जसपाका उमेश राय यादव ५ सय ४ मत, वडा नम्बर ८ मा लोसपाका रामेश्वर राय २ सय १८ मत र वडा नम्बर ९ मा लोसपाका सुरेन्द्र महतो कोइरी ७ सय ६४ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech