ज.ज.क मुद्धाका फरार अभियुक्त गौतम ४५ दिनदेखि फरार,प्रहरीले नियन्त्रणमा नलिँदा न्याय नपाउने शंका बढेको पीडितको गुनासो

864 Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको हरिवन नगरपालिका ९ की ११ वर्षिय नावालीका माथी भएको जबरजस्ती करणीका अभियुक्तलाई करिब ४५ दिन हुँदा पनि प्रहरीले नियन्त्रणमा लिएको छैन् । फागुन २५ गते भएको जबरजस्ती करणीका अभिुक्ततलाई प्रहरीले करिब ४५ दिन हुदा पनि नियन्त्रणमा लिन नसकेको हो ।
हरिवन नगरपालिका ९ का अन्दाजी ११ वर्षिय नावालिकालाई स्थानीय अन्दाजी ५५ वर्षिय नारायण गौतमले फागुन २५ गते बिहीबार दिउँसो पानी खान गएको समयमा जबरजस्ती करणी गरेका भन्दै पीडित परिवारले फागुन २९ गते ईलाका प्रहरी कार्यालय हरिवनमा उजुरी हालेका फागुन ३० गते उजुरी दर्ता भएको भएपनि हाल सम्म पनि अभियुक्त गौतम फरार नै रहेका छन् ।
गौतमले स्थानीय अन्दाजी ११ वर्षिय नावालीकालाई जबरजस्ती करणी गरेका भन्दै पीडित बालिकाका परिवारजनले प्रहरीमा उजुरी दिएका भएपनि प्रहरीले खोजी रहेको बाहनामा ४५ दिन हुँदा पनि अभियुक्तलाई नियन्त्रणनमा नलिएर आफुहरुलाई थप पीडित बनाएको परिवारजनको गुनासो छ ।
पीडित परिवारजनका अनुसार आमासंग बजार गएर घर फर्किने क्रममा ११ वर्षिय नावालिका छोरी बाटैमा घरपर्ने छिमेकी गौतमको घरमा पानी खान जाँदा गौतमले भित्र बोलाएर जबरजस्तीकरणी गरेका हुन ।
गौतमको घरमा पानी खान गएकी छोरी अचानक चिच्याउँदा आफु छोरीलाई के भयो भनी जाँदा गौतमले जबर जस्तीकरणी गरेको देखेको पीडितकी आमाले बताईन् । उनका अनुसार त्यस लगतै स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेको र स्थानीय ईलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दर्ता गरेको भएपनि स्थानीय जनप्रतिनिधि हरिवन नगरपालिका ९ का वडा अध्यक्ष कोकिला नन्द उप्रेती,हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी,निवर्तमान नगर प्रमुख गणेश प्रसाई सहितका स्थानीय राजनैतिक दलका नेताहरुका साथै ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक शिवराम थापाले आफुहरुलाई आर्थिक प्रलोभनामा पारेका र जबरजस्ती जस्तो जघन्य अपराधका अभियुक्तलाई नियन्त्रणमा नलिएर आफुहरुलाइृ थप पीडित बनाएर पीडित परिवारको भनाई छ ।
जबरजस्ती करणी जस्तो जघन्य अपराधराधका अभियुत्तध्mलार्ई यथासिघ्र नियन्त्रणमा लिएर आवश्यक कार्बाही गर्नभन्दै स्थानीय र पीडित परिवारले पटक पटक पुर्व पश्चीम राजमार्गमा चक्का जाम गरेका थिए । पीडित परिवार र स्थानीयले पुर्व पश्चीम राजमार्गमा चक्का जामगरेपछि अभियुक्त गौतमलाई यथासिघ्र नियन्त्रणमा लिने भन्दै ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक थापा,हरिवन नगरपालिका  ९ का वडा अध्यक्ष उप्रेती,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदी,सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र स्थानीय विभिन्न राजनैतिक दलका नेताहरुले तीन दिनको समय माग गरेका भएपनि ४५ दिन हुँदा समेत अभियुक्त गौतमलाई हाल सम्म पनि नियन्त्रणमा नलिएर आफुहरु माथी ठुलो अन्याय गरेका पीडित परिवारको गुनासो छ ।
बलात्कार जस्तो जघन्य अपराधमा पनि स्थानीय जनप्रतिनिधिहरु,राजनैतिक दलका नेताहरुका साथै प्रहरी प्रशासन तै चुप मै चुप बस्दा आफुहरु थप पीडित भएको उनीहरुको गुनासो छ । स्थानीय जनप्रतिनिधिहरु,राजनैतिक दलका नेताहरुका आफ्नो  घरमा आएर आफुहरुलाई यो घटना बाहिर नलैजान भन्दै ठुलो आर्थिक प्रलोभन देखाएका पीडित परिवारको भनाई छ ।
आफुहरुलाई ठुलो आर्थिक प्रलोभनमा पार्नु,प्रहरीमा जाहेरी दिँदा पनि अभियुक्त गौतमलाई नियन्त्रणमा नलिनु लगायतका कारण आफुहरुले न्यान पाउने सम्भावना बढेको पीडित परिवारले गुनासो गरे । पटक पटक यस्ता काममा संग्लग्न अभियुक्त गौतमको यो सतिह ४ पटक यस्ता कार्यमा संग्लग्न भएको स्थानीयले बताएका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहर िप्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले बलात्कार जस्तो जघन्य अपराधका घटनामा हुनै किसिमको सम्झौता तथा मिला पत्र नहुने  बलात्कारमा संग्लग्नलाई जो जसले संरक्षण दिन्छ त्यसलाई समेत नियन्त्रणमा लिएर आवश्यक कार्बाही गर्ने बताए । फरार अभियुक्त गौतमलाई खोजी गर्ने कार्य जारी रहेको र जसरी पनि नियन्त्रणमा लिएर आवश्यक कार्बाही गरिने प्रहरी उपरिक्षक सुवेदीले बताए ।

सम्बन्धित समाचार