पुर्वको पशुपति भनेर चिनिएको खोटाङको हलेसी मन्दिरका १६ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । दर्शनार्थी तथा झक्तजनको भीड बढ्दै गएपछि हलेसी मन्दिरका १६ स्थानमा सिसी क्यामेरा जडान गरिएको हो ।
त्रिधार्मिक धाम हलेसी मन्दिर आसपासका थप १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले जानकारी दिनु भयो । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई सुरक्षित गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले हलेसी गुफा, हलेसी मन्दिर परिसर तथा हलेसी बजार आसपासका १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको नगर प्रमुख राईले बताउनु भयो ।
हलेसी मन्दिरको शान्ति सुरक्षाका लागि दुई वर्षअघि जडान गरिएका ७ वटा सिसी क्यामेरा प्रभावकारी देखिएपछि पुनः १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको नगर प्रमुख राईले बताउनु भएको छ । गुफाभित्रको महादेवथान, पर्वतीथान, बसाहाथान, मन्दिर प्रवेशद्वार, सूचना केन्द्र, रिठ्ठाबोटे, साल्पा बैंक चोक, हलेसी भिलेज होटल क्षेत्र, ट्राफिक चोक, ग्यारेज, डाँडाबजारलगायतका स्थानमा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाले जनाएको छ ।
हलेसी बजार लगायतक मन्दीर क्षेत्रमा आपराधिक क्रियाकलाप नियन्त्रण गर्दै हलेसी मन्दिर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने लक्ष्यका साथ रु १५ लाख लागतमा सिसी क्यामेरा जडान गरिएको नगर प्रमुख राईले कमलामाई खबर डटकमलाई बताउनुभयो । उहाँले हलेसी मन्दीरले आफ्नो नगरपालिकालाई विश्वमा चिनाएको भन्दै मन्दीरको संरक्षणमा सदैव लागि रहने बताउनु भएको छ ।
चाडपर्वको समयको अलावा शनिबार र आइतबार भिडभाड हुने मन्दीरमा देशी तथा विदेशी पर्यटकहरु अवलोकन तथा दर्शन गर्न आउने गरेका मन्दीर व्यावस्थापन समितिले जनाएको छ । मन्दीरमा दैनिक करिब १ हजार ५ सय देखि ४ हजार जना सम्मले अवलोकन तथा दर्शन गर्ने गरेको मन्दीर व्यावस्थापन समितिले जनाएको छ ।