करिब २ सय जना युवाहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

196 Shares

सर्लाहीका विभिन्न स्थानका करिब दुई सय जना युवाहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।युवा नेता विश्वनाथ महतोको नेतृत्वमा करिब दुई सय जना युवाहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका नेपाली कम्युनिस्ट पार्टीका नेता एवम बरहथवा नगरपालिकाका निवर्तमान नगर प्रमुख देवानन्द महतोले जानकारी दिए ।उनका अनुसार नवप्रवेशी युवाहरुलाई नेपाली कम्युनिस्ट पार्टीका नेता एवम निवर्तमान गृहमन्त्री नारायण काजी श्रेष्ठले आइतबार नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका छन्।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस भएका नेपाली कम्युनिस्ट पार्टीका नेता एवम निवर्तमान गृहमन्त्री श्रेष्ठ नेपाली कम्युनिस्ट पार्टी सर्लाहीको एकता सन्देश सभालाई सम्बोधन गर्न सर्लाही आएर आफ्नो नाम सिफारिस भएको क्षेत्रमा भेटघाट गर्ने क्रममा उनीहरु प्रवेश गरेका हुन ।बरहथवा नगरपालिका ९ स्थित मुर्तिया मा.विको कवर्ड हलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता श्रेष्ठ,निवर्तमान मन्त्री रामेश्वर राय यादव,अशोक यादव,प्रल्हाद कुमार बुढाथोकी,राजकुमार यादव र बागमती नगरपालिका नगर प्रमुख भरत कुमार थापा लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार