बाबाधाम जानेहरुको लर्काे,सुरक्षा सावधानी अपनाउन सुरक्षाकर्मीहरुको आग्रह

519 Shares

हरेक वर्ष साउन झैँ यस वर्षपनि बाबाधाम जानेहरुको लर्काे उस्तै छ । महोतरीको बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वरमा रहेको प्रसिद्ध बाबाधाक टुटेश्वरनाथ महादेव मन्दीर जानेहरुको पूर्व पश्चिम लोकमार्गमा चहलपहल बढेको हो ।
राजमार्गमा खाली खुट्टा हिँड्दै विभिन्न शिवालयमा जल लिएर पुग्ने श्रद्धालु भक्तजनहरुको संख्या विगतका वर्षहरुको तुलनामा धेरै बढेको पाइएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका महासचिव बैकुण्ठ सापकोटाले जानकारी दिए ।
 उनका अनुसार प्रायःबोलबम(श्रद्धालु भक्तजनहरु)यात्री सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीबाट जल उठाएर पूर्व पश्चिम लोकमार्गमा खाली खुट्टा हिँडेरै महोत्तरीको टुटेश्वरस्थित टुटेश्वरनाथ महादेव मन्दिरमा जल चढाउनका लागि पुग्ने गरेका छन् ।
भारतको बिहार राज्यका साथै देशभरका विभिन्न स्थानहरुबाट नेपालकै प्रसिद्ध बाबाधामको रुपमा परिचित टुटेश्वरनाथा महादेव मन्दीरमा श्रदाजुभक्ताजनहरु आउने गरेका छन् ।पूर्व पश्चिम लोकमार्गमा खाली खुट्टा एक्लै तथा हुँल बाँधेर हिँड्ने बोलबम यात्रीहरु कोही नेपाली त कोही भारतीय हुने गरेका पाइएको छ ।मोटरसाइकल र ट्याक्टरलगायत अन्य सवारीसाधनहरुमा समेत यात्रा गर्ने बोलबम यात्री नेपालकै प्रसिद्ध बाबाधामको रुपमा परिचित टुटेश्वरनाथा महादेव मन्दीरका साथै सिन्धुलीको तीनपाटन गाउँपालिका ५ स्थित रहेको कालीखोला शिवालयमा समेत जाने गरेका छन् ।
साउन महिना शिवालयहरुमा पुजाअर्चना गर्ने महिना भएकाले पनि देशभरकै शिवालयहरुमा श्रदालुभक्तजनहरुको भिड लाग्ने गरेको छ ।पुर्व मेचीदेखि पश्चीम महाकाली सम्मका साना ठूला गरी करिब १० हजार सवारी साधनहरु दैनिक आवत जावत गर्ने मुख्य सडक मार्गमा बोलबम यात्रीहरुको आवागमन बढेसँगै प्रहरीले सुरक्षा सावधानी बढाएको जनाएको छ ।बोलबम यात्रीहरुको र्याली निस्किएको र श्रद्धालुको धेरै भिड हुने सडक मार्गहरुसँग टाँसिएका मन्दिरमा ट्राफिक प्रहरी परिचालित गरिएको र सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम ट्राफिक प्रहरी निरीक्षक मदन थापाले बताए ।
उनले ट्राफिक प्रहरी परिचालन तथा सावधानी अपनाएको बताएपनि श्रदालुभक्तजनहरु ट्याक्टरको ढालामा बसेर मुख्य सडक मार्गहरुमा आवत जावत गर्दा ट्राफिक प्रहरी मौन बसेको छ ।साउन महिनाभर बागमतीस्थित नदीमा जल उठाउन आउनेहरुको अत्यधिक भिड लाग्दा प्रहरीलाई राजमार्ग खाली गराउन निकै समस्या हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

सम्बन्धित समाचार