सर्लाहीको हरिपुर नगरपालिकामा सुरु भएको बालबालिकाहरुको समृद्धि र समुन्नतिको लागि काम गर्ने उद्देश्य राखी शिक्षकहरुलाई पाठ्यक्रम (साक्षरता तथा गणितीय सिप) सम्वन्धि ६ दिने तालिम सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेनको साझेदारीमा ग्रामीण नारी उत्थान संघ र हरिपुर नगरपालिकाको समन्वयमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्म शिक्षण गरिरहेका शिक्षक÷शिक्षिकाहरुलाई तालिम प्रदान गरिएको हरिपुर नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
६ दिने एकीकृत पाठ्यक्रम (साक्षरता तथा गणितीय सिप) सम्वन्धि तालिमले एकीकृत पाठ्यक्रमवारे सहभागिहरुलाई ज्ञान सीप र धारणामा स्पष्ट गर्ने, एकिकृत पाठ्यक्रममा आधारित भएर शिक्षण क्रियाकलापहरु संचालन गर्ने मुख्य उद्देश्यका साथ तालिमको आयोजना गरिएकोे आयोजक संस्था ग्रामीण नारी उत्थान संघका अध्यक्ष गोमा देवी न्यौपानले जानकारी दिनु भयो । उहाँका अनुसार व्यवहार कुशलशिपमा जोड दिंदै विषयगत शिक्षण गर्न सिपको विकास गर्ने, विषयमा आधारित भइ शिक्षण कार्य गर्ने पनि तालिमको मुख्य उद्देश्य रहेको छ । तालिममा हरिपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयका १५ जना शिक्षक÷शिक्षिकाहरुको सहभागी रहेको थियो ।
चैत्र २३ गते देखि सुरु भएको कार्यक्रम सोमबार(आज)समापन गरिएको हो । तालिम समापन कार्यक्रमको अध्यक्षता ग्रामीण नारी उत्थान संघका अध्यक्ष न्यौपानेको अध्यक्षता तथा नगर शिक्षा शाखा प्रमुख नागेश्वर रायको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।